arrow

विपन्नताकै कारण जाडोमा विद्यालय छोड्ने अवस्था आउँदैन – मेयर भीम पराजुली 

logo
प्रकाशित २०७५ पुष १७ मंगलबार
bhim-parajuli-mayar-biratnagar-student.jpg

 विराटनगर ।  विराटनगर महानगरका मेयर भीम पराजुलीले विपन्नताकै कारण जाडोमा विद्यालय छोड्ने अवस्था आउन नदिन आबश्यक पहल गरिने बताएका छन् । विपन्न भएकै कारण न्यानो कपडा लाउन र विद्यालय जान नसक्ने अवस्थाको चाँडै अन्त्य हुने मेयर पराजुलीको भनाइ छ ।

यसैबीच मेयर पराजुलीकै अग्रसरतामा  विराटनगरस्थित महामाया भगवती आधारभूत विद्यालय दरैयामा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।  

विद्यालयका २ सय २५ जना विद्यार्थीलाई आइतवार विराटनगर महानगरका मेयर भीम पराजुलीले सुइटर, टोपी वितरण गरे । देवेनरा सहयोग केन्द्र विराटनगरको सहयोगमा उक्त न्यानो कपडा वितरण गरिएको हो । 

संस्थाका बेनीगोपाल मुन्दडाले विपन्न वालवालिकाहरु जाडोवाट बचुन भन्ने उदेश्यले सेवाको काम गरेको बताए ।

विपन्न भएकै कारण न्यानो कपडा लाउन र विद्यालय जान नसक्ने अवस्थाको चाँडै अन्त्य हुनेछ

राम्रा कामका लागि सहयोगी हात समाजका लागि आबश्यक भएको भन्दै मेयर पराजुलीले देवेनरा सहयोग केन्द्रको प्रशंसा गरे ।

मेयर पराजुलीले जाडोकै कारण महानगर भित्रका विद्यालयका विद्यार्थीहरु समस्याग्रस्त नहुन् भन्ने उदेश्यले काम गरिरहेको बताए ।

विद्यार्थीको अबस्था देखेर मेयरले के भने ?

 न्यानो कपडा वितरण गर्न महामाया स्कुल पुगेका मेयर भीम पराजुलीले सोही विद्यालयमा सञ्चालन भइरहेको बालकक्षा र विद्यार्थीको अवस्था समेत अनुगमन गरे । बालकक्षामा चिसो भुइँमा बसेर पढिरहेका बिद्यार्थी देखेर मेयर पराजुलीले तत्काल आबश्यक प्रबन्ध गर्न निर्देशनसमेत दिए । मेयर पराजुलीको निर्देशनसंगै बालकक्षामा पढ्ने सवै विद्यालयका बिद्याथीहरुले न्यानो बस्ने स्थान पाउने भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ