arrow

चर्चित भारतीय अभिनेता कादर खानको निधन 

logo
एजेन्सी
प्रकाशित २०७५ पुष १७ मंगलबार
kadar_khan.png

काठमाडौं । चर्चित भारतीय अभिनेता कादर खानको ८१ वर्षको उमेरमा निधन भएको छ । सोमबार उनको क्यानडाको अस्पतालमा निधन भएको हो । उनलाई सास फेर्न असहज भएसँगै चार महिनाअघि अस्पतालमा भर्ना गरिएको थियो । 

कादर खानका छोरा सरफराजले उनको निधनको पुष्टि गर्दै अन्तिम संस्कार क्यानडामा नै हुने जानकारी दिए । धेरै भारतीय फिल्महरुमा अभिनय गरेका खान अन्तिमपटक सन् २०१५को ‘दिमागका दही’मा देखिएका थिए ।

कादर खानलाई प्रोग्रेसिव सुप्रान्यूक्लीयर पाल्सी डिसअर्डर थियो । जसको कारण उनले दिमागले काम गर्न छाडेको थियो । यसअघि पनि कादर खानको निधनको हल्ला चलेको थियो तर सरफराजले उक्त समाचार गलत भएको बताएका थिए । 

सन् १९३७ मा काबुलमा जन्मिएका खानले १९७३ बाट आफ्नो फिल्मी करियर सुरु गरेका थिए । उनले ३ सयभन्दा बढी फिल्ममा काम गरेका थिए भने  २ सय ५० भन्दा बढी फिल्मको संवाद लेखेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ