arrow

को बन्ला मंगल ग्रहको पहिलो बासिन्दा ? 

logo
एजेन्सी
प्रकाशित २०७५ पुष १७ मंगलबार
elon_musk.png

काठमाडौं । अन्तरिक्ष कम्पनी स्पेसएक्स अहिले मंगलग्रहको मिसनमा रहेको छ । यो कम्पनी मंगल ग्रहमा एक बेस बनाउन चाहन्छ । यस विषयमा कम्पनीका सीईओ एलन मस्कले यसबारे केही कुराहरु सार्वजनिक गरेका छन् । 

उनले मंगलग्रहको पहिलो बासिन्दा कृत्रिम बौद्धिकता (एआई) हुनसक्ने बताएका छन् । द गीकले सार्वजनिक गरेको प्रतिवेदनमा यस्तो जानकारी दिइएको हो । 

एक ट्वीटमा उनलाई मंगल ग्रहको पहिलो बासिन्दा मानिस हुन्छ कि कुनै रोबोट हुन्छ भन्ने बारे प्रश्न गरिएको थियो । यो प्रश्नको उत्तरमा उनले ३० प्रतिशत एआई हुनसक्ने बताएका थिए । यद्यपि यो बासिन्दा कस्तो देखिएला भन्ने प्रश्न धेरैको मनमा उठेको छ । 

गीकको रिपोर्टमा स्पेएक्सले मंगलमा हिँडडुल गर्ने रोबोट पठाउने र यसले मंगलमा यात्रा गरेर त्यहाँको विवरण पृथ्वीमा पठाउनसक्ने उल्लेख गरिएको छ । त्यसका साथै एउटा भने कतै पनि हलचल नगरी बस्ने रोबोट पनि पठाइनसक्ने सो विवरणमा उल्लेख छ । त्यसमा मानिसको निर्देशन विना नै काम गर्न सक्ने क्षमता हुने बताइएको छ । 

अहिलेसम्मको अवस्थामा मंगलमा मानिस पठाउने योजना कल्पनामा मात्र सीमित छ । यस्तोमा स्पेसएक्सजस्ता कम्पनीले तयार पारेको प्रविधिले मानिसहरु चन्द्रमाको कक्षभन्दा बाहिर जानसक्ने अनुमान गर्न सकिन्छ तर त्यसका लागि कम्तीमा पनि एक दशक लाग्ने देखिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ