arrow

सञ्जय दत्तको कारण अहिलेसम्म अविवाहित छन् सलमान खान

logo
प्रकाशित २०७५ पुष १८ बुधबार
sanjay_dutt_salman_khan.jpg

काठमाडौं । बलिउड स्टार सलमान खानको विवाहको चर्चा उनको जन्मदिन तथा नयाँ वर्षको शुरुवातसँगै चुलिने गरेको छ । यसपटक पनि सलमान खानको विवाहको चर्चा चुलिएको छ । यसपटक भने उनले विवाह नगर्नुको कारण सार्वजनिक भएको छ ।

उनले एक भिडियो सार्वजनिक गर्दै आफ्नो विवाह नहुनुको कारण बताएका हुन् । उनले उक्त भिडियोमा सञ्जय दत्तको कारण आफ्नो विवाह नभएको बताएका छन् । भर्खरै मात्र सलमान खान ‘द कपिल शर्मा शो’को नयाँ सिजनमासामेल भएका छन् । उनले सञ्जय दत्तको अवस्था देखेपछि आफूले विवाहको सोच नबनाएको बताएका छन् ।

सलमान खानले एकपटक सञ्जय दत्तले आफूलाई विवाहको सल्लाह दिँदै गर्दा उनकी श्रीमतीको फोन आएको र आफूलाई त्यहीँ छाडेर उनी घर भएको भन्दै सञ्जय दत्तप्रति व्यंग्य पनि गरे ।
 
कपिल शर्माको नयाँ शो पुनः सुरु भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ