arrow

दूरसञ्चार प्राधिकरणमा निमित्तको जिम्मेवारी पुरुषोत्तम खनाललाई 

logo
प्रकाशित २०७५ पुष १९ बिहिबार
purushottam-khanal-nta.jpg

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणमा निमित्त अध्यक्षको जिम्मेवारी पुरुषोत्तम खनाललाई दिइएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले वरिष्ठ निर्देशक खनाललाई अर्को व्यवस्था नभएसम्मको लागि भन्दै प्राधिकरणको आर्थिक तथा प्रशासनिक अधिकार अर्थात् अध्यक्षले प्रयोग गर्ने अधिकारसहित निमित्त भई काम गर्न जिम्मेवारी तोकेको हो । 

निमित्त खनाललाई मन्त्रीस्तरीय बैठकले बुधबारको मिति राखेर खनाललाई निमित्तको जिम्मेवारी दिएको हो । 

खनाललाई प्रचलित ऐन, नियम तथा प्राधिकरणको विनियम अनुसार प्राधिकरणको तर्फबाट कुनै पनि अदालत वा निकायमा मुद्दा मामिला सम्बन्धमा उपस्थित हुने, प्रतिरक्षा गर्ने र गराउने समेतको अधिकार प्रयोग गर्ने गरी निमित्त तोकिएको छ । 

प्राधिकरणको स्थापना कालदेखिका कर्मचारी खनाल २१ वर्षदेखि कार्यरत छन् । त्यसअघि गोरखापत्र संस्थानमा थिए । संस्था सरुवा गरेर उनी प्राधिकरण पुगेका हुन् । गोरखापत्र र प्राधिकरणबीच सहमति भएपछि संचार मन्त्रालयको मध्यस्थतामा खनाल प्राधिकरणमा गए । 

उनी प्राधिकरणमा जाँदा पाँच जना बोर्ड सदस्यमात्र थिए । उनी उपनिर्देशक, निर्देशक हुँदै आनन्दराज खनालसंगै एकैपटक वरिष्ठ निर्देशक भएका थिए । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटि बैठकमा ४३ सदस्यले प्राधिकरण अध्यक्ष दिगम्बर झालाई हटाउन दबाब दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा झाले पुस ११ गते राजीनामा दिएका थिए । 

दुई वरिष्ठ निर्देशकमध्ये आनन्दराज खनाल सञ्चार विज्ञका रूपमा मन्त्रालय तानिएपछि अर्का वरिष्ठ निर्देशक पुरुषोत्तम खनाललाई निमित्तको जिम्मेवारी दिइएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ