arrow

सफल हुँदै चीनको महत्वाकांक्षी योजना, चिनियाँ विमान चन्द्रमामा 

logo
एजेन्सी
प्रकाशित २०७५ पुष १९ बिहिबार
china-moon.jpg

काठमाडौं । चीनको महत्वाकांक्षी रोबोटिक यान चन्द्रमामा सफलतापूर्वक अवतरण गरेको छ । चिनियाँ सञ्चारमाध्यमका अनुसार चीनको स्थानीय समयअनुसार बिहीवार बिहान १०ः२६ मा चाङ ई–४ नाम गरेको विमान चन्द्रमाको दक्षिणी भागमा अवतरण गरेको हो । 
उक्त यानले सो क्षेत्रको भौगर्भिक अध्ययन गर्न एवं एक जैविक प्रयोग गर्न चाहिने उपकरण साथमा लगेको छ।

त्यहाँको सञ्चार माध्यमले उक्त अवतरणलाई 'अन्तरिक्ष यात्राको एक महत्त्वपूर्ण कोशेढुङ्गो' को संज्ञा दिएका छन् ।

यो यात्रा किन नौलो ?

चन्द्रमामा विगतमा गरिएका यात्रा पृथ्वीतर्फ फर्किएको क्षेत्रमा गरिएका थिए भने यसपटक पहिले अध्ययन नगरिएको परको क्षेत्रमा सो यान पुगेको छ।

पछिल्ला दिनहरूमा सो अन्तरिक्ष यानले अवतरणको तयारीमा लागेको थियो। गत सप्ताहान्तमा चिनियाँ सरकारी सञ्चार माध्यमले उक्त यान चन्द्रमाको सतहको १५ किलोमिटर नजिकैको कक्षमा उत्रिसकेको जनाएका थिए।

यो मिसनले चीनलाई चन्द्रमाको ढुङ्गा र माटोका नमुनाहरु पठाउनेछ । भोन कार्मन क्रेटर वैज्ञानिकहरुको लागि निकै चासोको विषय रहेको छ । अध्ययनको हिसाबमा भन्ने हो यो क्षेत्र निकै महत्वपूर्ण क्षेत्र हो । 

पृथ्वीबाट हेर्दा सधैं चन्द्रमाको एउटै मात्र भाग देखिन्छ । जसको कारण चन्द्रमाको नदेखिने भागको विषयमा वैज्ञानिकहरुमा चासो रहँदै आएको छ । पृथ्वीबाट देखिने क्षेत्रको जानकारी नदेखिएको भागबारे पाउन सकिएको छैन । 

महत्वपूर्ण परीक्षण 

चीनको यो योजनाले निकै महत्वपूर्ण कुराको जानकारी पाउनसकिने भन्दै प्रशंसा सुरु भएको छ । चन्द्रमामा 'रेडियो वातावरण’को विषयमा पनि यो योजनाले जानकारी दिनेछ । यससँगै चन्द्रमाको नदेखिने भागमा रेडियो अन्तरिक्ष सुरु गर्न सकिने बताइँदै आएको छ । 

अहिले पठाइएको विमानमा ३ किलोग्राम आलु र अन्य केही बीजनहरु पठाइएको छ । यसले चन्द्रमामा जीव विज्ञानको सम्भाव्यताको पनि अनुसन्धान गर्न सहयोग पुग्नेछ । चीनको यो योजना विभिन्न २८ भिनियाँ विश्वविद्यालयको सहयोगमा ल्याइएको हो । 

अहिले अघि सारिएको योजनाले चन्द्रमामा विरुवाको श्वासप्रश्वास तथा प्रकाश ग्रहणको विषयलाई कुन हिसाबमा लिन सकिन्छ भन्ने विषयमा पनि अध्ययन गर्न सकिने बताइएको छ । 

वैज्ञानिकहरुले चन्द्रमामा आलु उर्मानका लागि केही व्यवस्थासहित चन्द्रमामा पठाएका छन् । अहिलेसम्म नदेखिने भागबाट कुनै अनुसन्धान गरिएको कारण चिनियाँ रकेटले यस किसिमको योजना अघि सारेका हुन् । 

कसरी हुँदैछ अध्ययन ?
अहिले पठाइएको विमानमा दुई क्यामेरा फिट गरिएको छ । रेडियनबारे अनुसन्धानको लागि जर्मनीमा बनेको एलएनडी प्रविधिको प्रयोग गरिएको छ । निकै कम फ्रिक्वेन्सीमा काम गर्ने स्पेक्टोमिटरको प्रयोग गरिएको छ । उक्त प्रविधिहरुको सहयोगमा चन्द्रमामा रहेको पौष्टिक तत्व तथा विरुवा हुर्कनका लागि आवश्यक पर्ने अन्य वातावरणहरुमो जानकारी दिनेछन् ।
 
चीनको चन्द्रमाको विस्तारित अध्ययनको योजनाअन्तर्गत यस किसिमको योजना अघि सारिएको हो । चीनले चाङ–५ र ६ लाई नमुना पृथ्वीमा ल्याउने मिसनको रुपमा अघि सारेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ