arrow

कांग्रेसले माया नगरेकामा मधेसी मोर्चा रुष्ट, महाधिवेशन बहिस्कार

logo
प्रकाशित २०७२ फागुन २० बिहिबार
morcha @ GP koirala.jpg.jpeg
काठमाडौं । प्रधानमन्त्रीको चुनावमा कांग्रेसलाई भोट हाल्न आन्दोलन स्थल छोडेर व्यवस्थापिका संसदमा उपस्थित भएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले कांग्रेसको १३ औं महाधिवेशन वहिष्कार गरेको छ । महाधिवेशन उद्घाटन समारोहमा मधेसी मोर्चाका कोही नेता देखिएनन् । महाधिवेशन अघि पनि मोर्चा नेताहरुले हाम्राकुरासंग कांग्रेस मधेसको मुद्दामा गम्भीर नभएको बताएका थिए । मोर्चाले प्रधानमन्त्रीको निर्वाचनमा दिवंगत कांग्रेस सभापति सुशील कोइरालालाई मतदान गरेको थियो । 
 
उनीहरुले भनेका थिए, ‘हामीले कांग्रेसलाई सहयोग गरेको नभई एमाले अध्यक्ष केपी शर्मा ओलीको मधेसप्रतिको गलत दृष्टीकोणको विरोध गरेको बताएका थिए । यद्यपि, सत्ताधारी दलहरुले भने कांग्रेस महाधिवेशनलाई हृदयदेखिनै सम्झेका छन् । सबैले महत्व दिए । 
 
सरकारमा सहभागि फोरम लोकतान्त्रिक बाहेक संविधानको विपक्षमा उभिएका कुनै पनि मधेस केन्द्रीत दल कांग्रेश महाधिवेशनको उद्घाटन समारोहमा उपस्थित भएनन् । मोर्चाका नेताहरुले संसदमा आफुहरुको लोकतान्त्रिक अधिकारको अवमूल्यन हुदाँ कांग्रेसले माया गरेको भए पो हामीले मायाँ गर्ने ठाउँ रहन्छ भन्दै तर्क गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ