arrow

२२ डलरमा पाइन्छ यो देशको नागरिकता, अझै पनि गुफामा बस्छन् मानिसहरु

logo
प्रकाशित २०७५ पुष १९ बिहिबार
desh.jpg

काठमाडौं । ‘सिटि अफ सेम’को नामले विश्वभर चर्चित विश्वको सबैभन्दा पुरानो सहरमध्येको एक हो मटेरा । यो सहर ८ हजार वर्ष पुरानो रहेको बताइने गरेकोा छ । इटालीमा रहेको यो सहरमा अझै पनि मानिसहरु गुफामै बस्ने गर्छन् ।

यो सहरमा सबै किसिका व्यवस्था गुफामा नै गरिने गरिएको छ ।  सन् १९५० को दशकसम्म मटेरलाई इटालीको लज्जाको रुपमा दिइन्थ्यो । यहाँको गरिबी, रोग र शिशु मृत्युदर उच्च रहेको थियो । यतिमात्र होइन, यहाँका मानिसहरु विना बिजुली, पानीजस्ता समस्यासँग रहन्थे । जसको कारण यसलाई लज्जाको सहर (सिटी अफ सेम) भनिन्थ्यो ।

सन् १९५३ र १९६८ को बीचमा ३० हजार मानिसहरु शहरको आधुनिक हिस्सामा पलायन गरेका थिए । मटेरा क्षेत्र बेसिलिकाटामा दक्षिणी इटालीको एक कुनामा रहेको छ । यहाँ पुग्नु त्यति सजिलो भने छैन । जसको कारण लामो समयदेखि यो क्षेत्र पर्यटकहरुको लागि अज्ञात थियो ।

सन् १९९३ मा युनेस्कोको विश्व सम्पदासूचीमा यो क्षेत्र पनि समावेश गरिएको थियो । यसपछि यो क्षेत्र भ्रमण गर्ने पर्यटकको संख्या बढ्न पुग्यो । अहिलेसम्मको अवस्था हेर्ने हो भने यहाँ आधुनिक होटल तथा रेष्टुरेन्टहरु विकास हुन पुगे ।
 
कुनै समय लज्जाको विषय रहेको गुफालाई मानिसले सजाएर नयाँ रुप दिन थालेका छन् । गुफामा बनिरहेको चर्च, महल र विकास निर्माणका कार्यहरु चलिरहेको मटेरालाई २०१९ को लागि युरोपको सांस्कृतिक राजधानी घोषणा गरिएको छ ।

यसलाई जेरुसलेमको द वेस्ट पनि भन्ने गरिन्छ । पुरातात्विक अवशेषको आधारमा भन्ने हो भने यहाँ ८ हजार वर्षअघि देखि मानिसहरु बस्दै आएको पाइन्छ ।

यो क्षेत्रमा आउने मानिसहरुले २२ डलर बुझाएर यहाँको अस्थायी नागरिक बन्न सक्छन् । साथै उनीहरुले दक्षिणी रोमको ४ सय किलोमिटरको क्षेत्रमा एक वर्षसम्म घुम्न पाउँछन् । मटेरालाई युरोपको सांस्कृतिक राजधानी बनाउने निर्णयले यहाँको विकासलाई बढावा मिल्ने विश्वास व्यक्त गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ