arrow

एनसेल एप क्याम्पको सेमिनार सुरु

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
920353737.jpeg
काठमाडौं। एनसेल एप क्याम्प २०१५ मा छनौट भएका १५० समूहका लागि क्षमता अभिवृद्धि सेमिनार सुरु भएको छ । सोमबारबाट सुरु भएको सेमिनरको पहिलो दिन व्यवसाय विकास, प्रर्वद्धन र एप आइडियाको प्रस्तुतिमा केन्द्रित थियो। 
 
सेमिनारको उद्घाटन गदै एनसेलका प्रमुख कार्यकारी अधिकृत एरिम टाईलानलारले  सहभागीलाई बधाइ दिंदै स्वागत गरे । “एनसेल एप क्याम्प २०१५ गत वर्ष सुरु गरिएको हाम्रो सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रमको निरन्तरता हो,” उनले भने । यो प्रतियोगिता तथा यस अन्तर्गतका क्षमता अभिवृद्धि तालिम तथा सेमिनारले तपाईं जस्ता डिजिटल सम्भावना बोकेका युवाहरुको विकासमा योगदान पुर्याउने विश्वास छ, उनले भने । 
 
सेमिनारले सहभागीलाई स्थानिय तथा अन्तर्राष्ट्रिय विज्ञबाट विषयगत ज्ञान तथा तालिम हासिल गर्दै आफ्नो प्रतिभा निखार्न सहयोग मिल्ने र यसले प्रतियोगितालाई अझ अर्थपूर्ण बनाउने विश्वास उनले व्यक्त गरे । 
 
थ्रि एच म्यानेजमेन्टका प्रमुख कार्यकारी सोहन बावु खत्रीले प्रतियोगिहरुलाई एप मनीटाइजेशन, एप रिभेन्यू मोडल र चुनौतिको बारेमा जानकारी गराएका थिए । विगतको अनुभवको बारेमा बताउदै उनले यसपटको एप क्याम्प भने केही फरक रहको बताए । उनले सहभागीलाई एप बनाउँदा प्रयोकर्ताको आँखाबाट हेर्न सुझाव दिए। 
प्रतियोगीले आफ्ना एपका आइडियालाई प्रयोगकर्ताको आवश्यक्तासँग जोडेर त्यसमा व्यवसाय विकास गर्नुपर्ने कुरामा जोड दिए । उनले दिगो व्यवसाय निर्माणका तरिकाबारे पनि तालिम दिए ।
 
प्रतियोगिताका एक सहभागी रोशन सुवेदीले सेमिनर मार्फत आफूले आफ्नो एप आइडियालाई कसरी व्यवसायमा परिणत गर्ने ज्ञान प्राप्त गरेको बताए । उनले एप डेभलेपमेन्ट प्रकृया केवल कोडिङ  मात्र  नभएर बहुआयामिक रहेको बताए । 
 
सेमिनार र तालिममा भाग लिएपछि प्रतियोगीहरुले आफ्नो एपको प्रटोटाइप बुझाउनु पर्नेछ जसका आधारमा सम्वन्धित क्षेत्रको विज्ञहरुले प्रत्येक विधाबाट ६ वटा समूहलाई फाइनल चरणका लागि छान्नेछन् ।
 
फाइनल चरणमा प्रतियोगीहरुले विज्ञहरुबाट बिजनेश मोडेल बनाउन, यूजर इन्टरफेस सुधार गर्न र आफ्नो एपको प्रस्तुती गर्न सिक्नेछन् । फाइनलमा स्वतन्त्र निर्णायक मण्डलका अगाडि प्रत्येक समूहले आफ्नो आईडियाको प्रस्तुति तथा एप प्रदर्शन गर्नेछन् ।
 
यसरी विजयी घोषणा हुने प्रत्येक विधागत विजेता टोलीले २ लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् भने सर्वोत्वकृष्ट ठहरिएको टोलीले थप ५ लाख रुपैयाँको नगद पुरस्कारका साथै २०१६ मा हुने अन्तर्राष्ट्रिय एप सम्मेलनमा भाग लिने अवसर पाउनेछ । नबिल बैंक, काठमाण्डौं कलेज अफ म्यानेजमेन्ट, ई–सेवा र मेटलाईफ दोस्रो एनसेल एप क्याम्प २०१५ का पार्टनरहरु हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ