arrow

स्पाइनल कर्ड इन्जुरी भएका विद्यार्थी पढाउन कठिन, स्पाइनल इन्जुरी नेटवर्कलाई सवा लाख सहयोग

logo
प्रकाशित २०७५ पुष २० शुक्रबार
spinal.jpg

काठमाडौं । राजधानीमा रहेको स्पाइनल कर्ड इन्जुरी नेटवर्कलाई नेपाल म्युजिएम एसोसियसनको समन्वयमा जम्मा भएको १ लाख २५ हजार रूपैयाँ हस्तान्तरण गरिएको छ । 

बौद्ध, माकलबारीमा रहेको स्पाइनल इन्जुरी नेटवर्कले स्वावलम्बन जीवन पद्धतिमा आधारित होस्टल सञ्चालन गर्दै आएको छ । उक्त होस्टलमा बसेर हाल १५ जना अध्ययन गरिरहेको नेटवर्कका सचिव माधव थापाले जानकारी दिए । 

सहयोग रकम अन्तर्राष्ट्रिय म्युजिएम एसोसियसन, नेपाल च्याप्टरका अध्यक्ष, पूर्व सहायक रथी  विजयकुमार थापा र डिसाबिलिटी मिडिया फाउन्डेसन नेपालका संस्थापक गजेन्द्र बुढाथोकीद्वारा संयुक्त रूपमा हस्तान्तरण गरियो ।


नेपाल म्युजिएम एसोसियसनका संयोजक पूर्व सहायक रथी डा प्रेमसिंह बस्न्यातले स्वावलम्बन जीवन पद्धतिमा आधारित भई सक्रिय जीवन बाँचिरहेका स्पाइनल इन्जुरी भएका युवा भाइबहिनीका लागि सानो भए पनि सहयोग गर्न सकिएकोमा सन्तोष व्यक्त गर्दै सामाजिक कार्यमा सहभागिता बढाउन समाजका सबै तप्काका नागरिकहरूसँग अपील गरे ।

स्पाइनल कर्ड इन्जुरी नेटवर्कका उपाध्यक्ष बाबुराम मिश्रले स्पाइनल कर्ड इन्जुरीपछि अध्ययन, जीविकोपार्जन लगायतका विषयमा यावत समस्या हुने बताउँदै कम्तिमा प्लस टु तहसम्म अध्ययन गर्नका लागि सहज होस् भनेर होस्टल सञ्चालन गरिएको भए पनि लागतका कारण सञ्चालनमा समस्या भइरहेको बताए ।

‘हामीले नगरपालिकासँग पनि स्थान उपलब्ध गराइदिन माग गरेका छौं । मुखले धेरैले सहयोगका बचन दिन्छन, तर फेरि फर्केर आउँदैनन्’ मिश्रले भने । उनले म्युजिएम एसोसियनका तर्फबाट सहयोग उपलब्ध गराउन पहल गरिदिएको भन्दै डा बस्न्यातप्रति आभार व्यक्त गरे ।

अपांगता अधिकारकर्मी एवं सञ्चारकर्मी बुढाथोकीले स्पाइनल कर्ड इन्जुरी भएका व्यक्तिहरूका लागि राज्यले सातै प्रदेशमा जीविकोपार्जनका कार्यक्रमसहितका पुनर्स्थापना केन्द्र स्थापना गर्नुपर्ने माग गरे । 

यो हो सहयोगीहरूको नामावली–



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ