arrow

जनसम्पर्क समिति क्यानडाको नेतृत्वमा रामबाबु थापा, महामन्त्रीमा विद्याभुषण कार्की

logo
प्रकाशित २०७५ पुष २० शुक्रबार
janasamparka-samiti-canada.jpg

क्यानडा। नेपाली जनसम्पर्क समिति, क्यानडाको हालै सम्पन्न दोश्रो अधिवेशनले सभापतिमा राम बाबु थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति सर्व सम्मतमा चयन गरेको छ। अधिवेशनले चेयरमा अन्जनी भट्टराई, उपसभापतिमा सुरेश खनाल र सुदीप खनाल, महामन्त्रीमा विद्याभुषण कार्की, सहमहामन्त्रीमा केदार प्रसाद निरौला, कोषाध्यक्षमा अम्बिका ज्ञवाली र प्रवक्तामा दुर्गा अधिकारी निर्वाचित गरेको हो। 
 
त्यसैगरी २१ सदस्यीय  कार्यसमितिका निर्वाचित केन्द्रीय सदस्यहरुमा ऋषि तिवारी, अर्जुन ओली, अन्जु बिष्ट, बिनोद शर्मा, नरेन्द्र मैनाली, उदय दुरा, भरत चौधरी ,सुर्य बराल, शान्ता थापा, पम्पी चौरसिया, मेजर के सी, कमल गिरी रहेका छन्। समितिको क्यानाडाको तत्कालै बसेको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले यस संस्थाका संस्थापक सभापति, उपसभापति, र  महामन्त्री तुल्सी पौडेल, सुरज पाण्डे र दीपक सापकोटालाई सर्वसम्मतले संस्थाको सल्लाहकारमा नियुक्त समेत गरेको छ।

गत जुलाई १४, २०१८मा घोषित संस्थाको दोश्रो अधिवेसन क्यानडा भर छरिएर रहेका अरु लोकतन्त्रवादी साथीहरुलाई एकतावद्द गर्ने थप प्रयासका लागि अन्तिम समयमा आएर नेपाली कांग्रेस पार्टीको  निर्देशनमा स्थगन भएको थियो। पार्टीसँगको परामर्श तथा समन्वयको आधारमा अहिले अधिवेशन पुनः सम्पन्न गरिएको नवनिर्वाचित महामन्त्री विद्याभुषण कार्कीले बताए। लोकतन्त्रप्रति आस्थावान साथीहरुको उल्लेख्य उपस्थिति रहेको उक्त अधिवेसनमा निर्वाचन समितिका संयोजक प्रकाश ज्ञवालीले सर्वसम्मत रुपमा कार्यसमिति चयन भएको घोषण गरेका थिए। 
 
संस्थाका शुभेच्छुक एवं क्यानाडा स्थित कन्जर्भेटिव पार्टीका नेता एवं ब्रम्प्टन निर्वाचन क्षेत्रका सांसद पदका उमेद्वार मुररीलाल थापलियालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गैर आवासीय नेपाली संघ क्यानाडाका उपाध्यक्ष राज महत लगायत समाजका अग्रज एवं विशिस्ट महानुभावहरुको समेत उपस्थिति रहेको थियो। 

संस्थाका निबर्तमान तथा संस्थापक सभापति तुल्सी पौडेलले आफ्नो २ बर्षे कार्यकालमा  कार्य समितिले पाएको साथ र सहयोगको लागि सबैलाइ हार्दिक धन्यवाद दिदै सँस्थाका जुनसुकै रचनात्मक कार्यमा आफ्नो पूर्ण सहयोग रहने बताए।

नवनिर्वाचित सभापति रामबाबु थापाले आफ्नो भावी कार्य योजना प्रस्तुत गर्नु हुदै संस्थालाई अझै प्रभावकारी वनाउने कार्यमा लोकतन्त्रप्रति आस्थावान सवैको साथ र समर्थन रहने विश्वाश लिदै सदैव संस्थाको ढोका खुला रहेको बताएका थिए ।

राष्ट्रिय मेलमिलाप दिन परेको उक्त अधिबेशनमा नव निर्वाचित महामन्त्री विद्याभुषण कार्कीले मेलमिलाप दिवसको बारेमा चर्चा गर्दै सम्पुर्ण  प्रजातान्त्रिक शक्तिहरुको एकतामा आफ्नो भुमिका केन्द्रित रहने  बताए।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ