arrow

बलिउडका १० अभिनेत्री जो बने श्रीमान् भन्दा लोकप्रिय

logo
प्रकाशित २०७५ पुष २० शुक्रबार
famous.png

काठमाडौं । बलिउडमा अभिनेताको तुलनामा अभिनेत्रीसँग करियर बनाउने समय कम हुन्छ । साथै अभिनेता जुनै उमेरमा पनि बलिउडमा सफल हुन सक्छ । तर बलिउड उद्योगमा धेरै यस्ता अभिनेत्री छन् जो विवाहपछि अफ्नो पुरानो पहिचान नपाएर पारिवारिक जीवनमा व्यस्त भएका छन् ।

साथै यस्ता अभिनेत्री पनि रहेका छन् जुन आफ्ना व्यापारी श्रीमान् भन्दा  चर्चामा छन् । व्यपारको क्षेत्रमा श्रीमान् को त्यस्तो चर्चा छैन जुन अभिनेत्रीहरुको बलिउडमा छ ।

दीया मिर्जा-साहिल सांघा

चलचित्र क्षेत्रमा दिया मिर्जा आफैमा एक चर्चीत नाम हो । दियाले चलचित्र क्षेत्र छोडे पनि आज पनि उनको फ्यानको कमि छैन । दियाले केहि बर्ष पहिले भारतका व्यापारी साहिल सांघासँग विवाह गरेकि थिइन् । साहिल मीडियामा खासै  आउदैनन् तर दियासँग अवार्ड कार्यक्रममा भने देखिने गरेका छन् ।  

अनिल थडानी- रवीना टन्डन

रवीना टन्डन अभिनय यात्रामा अहिले पनि सक्रिय रहेकी छन् । रवीनाले व्यापारी श्रीमान् अनल थडानीसँग विवाह गरिन् । थडानीको तुलनामा रविनाको चर्चा ज्यादा छ ।

मोहसिन अख्तर- उर्मिला

उर्मिलाका श्रीमान् मोसिन अख्तर मोडल हुन् । तर उनि उर्मिला जतिको पपुलर छैनन् । बलिउडमा रंगीला गर्लको नामले चर्ची यी अभिनेत्रीलाई चाहानेको कमी छैन ।

प्रीति जिन्टा- जेने गुडइनफ

बलिउडकी डिम्पल गर्ल प्रीतिको  लोकप्रियता बलिउड देखि लिएर खेल जगतसम्म रहेको छ । लामो समय डेटमा रहेर प्रतीतिले जेनेसँग विवाह गरिन् । आज पनि कमै मानिसलाई जेनेलाई चिन्छन् ।

डा. राम माधव नेने- माधुरी दीक्षित

माधुरीको  विख्याति यति छ कि उनि अहिले पनि बलिउडका अभिनेत्री माथि भारी पर्छिन् । बलिउडकी धक धक गर्ल माधुरीले  प्रसिद्ध डाक्टर राम माधव नेनेसँग विवाह गरिन् जो अमेरिकामा बस्छन् । डा. नेने आफ्नो पेशमा निकै चलेको नाम हो तर माधुरीको लोकप्रियताको अगाडि उनि केहि हैन ।

शिल्पा शेट्टी-राज कुन्द्रा

बलिउडमा आफ्नो मेहनतले पहिचान बनाउन सफल शिल्पाको अक्षय कुमारसँग सम्बन्ध रहेको निकै चर्चा चल्यो तर यसको पुष्टि न शिल्पाले गरिन् न अक्षयले । पछि शिल्पाले व्यापारी  राज कुन्द्रासँग विवाह गरेर घर बसाइन् । स्टारडमको बिषयमा शिल्पा आफ्नो श्रीमान् को तुलनामा  लोकप्रिय छिन् ।

ऐश्वर्या राय-अभिषेक बच्चन

ऐश्वर्या राय आफ्नो श्रीमान् अभिषेक बच्चनको तुलनामा धेरै सफल र प्रसिद्ध छिन् ।  

करन सिंह ग्रोवर-बिपाशा बसु

करन सिंह ग्रोवर टिभिका सबैभन्दा चर्चित स्टार हुन् । महिलाहरुमा यीनको फ्यान फलोङ सबैभन्दा ज्यादा छन् । तर श्रीमती बिपाशाको स्टारडमको अघि ग्रोवर केहि पनि हैन ।  

जूही चावला-जय मेहता

जूही चावलाको सुन्दर्ता र स्टारडम आजपनि ताजै छ । जूही प्राय चर्चामा रहेकी छन्। तर श्रीमान् जय मेहता एक व्यापारी हुन् । उनि खासै चर्चामा छैनन् ।

महिमा चौधरी-बबी मुखर्जी

चलचित्र परदेशमा शाहरुखको अपोजिट रहेकी यी अभिनेत्री बलिउडमा प्रवेश गर्दै चर्चामा आइन् । एक समय निकै चर्चामा रहेकी महिमा चौधरी आज पनि समचारमा छाउछिन् । उनि सन् २०१६ मा चलचित्र डार्क चकलेटमा देखिएकी थिइन् । महिमा चौधरीले सन् २००६ मा व्यापारी बबी मुखर्जीसँग विवाह गरेकी थिइन् । लोकप्रियताको विषयमा बबीको आफ्नो श्रीमती महिमाको भन्दा कम छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ