arrow

सधैं स्वस्थ रहन चाहनुहुन्छ भने अपनाउनुस् यी ३१ उपायहरु

logo
प्रकाशित २०७५ पुष २० शुक्रबार
healthy.jpg

काठमाडौं । हामी स्वस्थ्य बन्न चाहन्छौं तर साना साना नियममा पनि बस्दैनौं । साँच्चिकै स्वस्थ्य रहने हो भने केही न केही त गर्नैपर्छ । किनकि स्वास्थ्यभन्दा अर्को ठूलो कुरा केही हैन ।

तसर्थ आफू पनि स्वस्थ्य बनौं र अरुलाई पनि स्वस्थ्य रहन उत्प्रेरित गरौं । सकिन्छ भने यी कुराहरुलाई अनुशरण गरौं ।

यस्ता छन् ३१ टिप्स –
१. दैनिक ८ गिलास पानी पिउने
२. दैनिक रूपमा साग खाने
३. खानामा सलाद समावेश गर्ने
४. टुसा उम्रेका अनाज खाने
५. बिहान उठ्नेबित्तिकै एक गिलास मनतातो पानीमा कागतीको रस राखेर पिउने
६. मौसमअनुसारका फलफूल खाने
७. रेसायुक्त तरकारी खाने
८. भुटेको भटमास. मकै. चना खाने
९. चाँडै सुत्ने र चाँडै उठ्ने
१०. आठ घण्टा मस्त सुत्ने
११. बिहान कम्तिमा ३० मिनेट हिड्ने
१२. सुख र दुःख सेयर गर्ने बिदाको दिन परिवारसहित घुमफिर गर्ने
१३. प्रार्थना. पुजापाठ गर्ने
१४. बेलाबेलामा मनोरञ्जन गर्ने
१५. ३–३ महिनामा ब्लडप्रेसर जाँच्ने
१६. सकारात्मक सोचाई राख्ने
१७. नुन कम खाने बढी गुलियो नखाने
१८. रक्सी. चुरोट र सूर्ति सेवन नगर्ने
१९. तारेको र डढेको नखाने
२०. व्यायाम गर्ने तनावमा काम नगर्ने
२१. चिया-कफी धेरै नपिउने
२२. रातीको खाना ७ बजेभन्दा ढिलो नखाने
२३. जंकफुड. फास्टफुड सेवन नगर्ने
२४. तरकारीको बोक्रा नफाल्ने
२५. खाना खानेबित्तिकै नसुत्ने
२६. हरेक ६–६ महिनामा शरीर चेकअप गराउने
२७. शाकाहारी खानपान शैली अपनाउने
२८. दिनहुँ एकपटक मजाले हाँस्ने
२९. आफूलाई कमजोर नसम्झने
३०. चिसो पेयपदार्थ नपिउने
३१. ध्यान गर्ने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ