arrow

भैरहवा-परासी सडकखण्ड औद्योगिक करिडोरको रुपमा परिणत हुँदै

logo
प्रदीप आचार्य, 
प्रकाशित २०७५ पुष २१ शनिबार
butwal-parashi.jpg

बुटवल। भैरहवा–परासी सडकखण्ड औद्योगिक करिडोरको रुपमा विकास हुन थालेको छ। ५ बर्ष अगाडिसम्म २/४ वटा मात्र उद्योग रहेको सो सडकखण्डमा अहिले दर्जनौँ उद्योग स्थापना भएका छन्। तर आवश्यकता अनुसार विद्युत् प्रसारण लाइन नहुँदा भने समस्या भइरहेको छ। हुलाकी सडक मार्गको परिचय पाएको भैरहवा–परासी सडकखण्ड अहिले औद्योगिक करिडोरको रुपमा परिणत हुन थालेको छ।

भैरहवा–लुम्बिनी कोरिडोरमा उद्योग स्थापनामा लगाइएको रोक तथा भैरहवा–बुटवल सडकखण्डको छेउँछाउ जग्गा अभाव भएपछि भैरहवा परासी सडकखण्ड उद्योगी व्यवसायीको रोजाइमा परेको हो। यस मार्गमा पछिल्लो पाँच वर्षमा ४० देखि ५० अर्वको लगानीमा दर्जनौँ उद्योगहरु स्थापना भएको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजेश कुमार अग्रवाल बताउँछन्।

बोधी रेडशन होटल, लुम्बिनी कोइर, श्री स्टिल्स्, सिद्धिविनायक फुड्स, रोहिणी एग्रो, आरती एग्रो, गज्जबको चाउचाउ, रुसलान भोड्कालगायतका दर्जनौँ उद्योगहरु सञ्चालनमा छन् कैयौँ उद्योगहरु खुल्ने तयारीमा छन्।

जसले यो क्षेत्र उद्योगको हव बन्दै गएको छ। लगानीकर्ता तथा व्यवसायीको आकर्षण र उत्साह निकै देखिएपनि आवश्यक विद्युत् नहुँदा उनीहरुलाई समस्या परेको छ। आवश्यकता अनुसारको विद्युत प्रशारण लाइन नभएपछि उद्योगीले वैकल्पिक उर्जामा अबौँ लगानी खर्चिनुपर्दा उत्पादन लागत बढ्ने गरेको व्यवसायी भरत कुमार पोखरेलको गुनासो छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ