arrow

पुरुषबाट सम्बन्ध विच्छेद मुद्धा, ५ महिनामा ४५ वटा 

logo
मुरली गोडिया,
प्रकाशित २०७५ पुष २१ शनिबार
gulariya-court.jpg

गुलरिया,बर्दिया। नयाँ मुलुकी संहिता लागू भएपछि पुरुषले सम्बन्ध विच्छेदको मुद्धा दर्ता गराउन थालेका छन्। बर्दिया अदालतमा श्रावण देखि मंसिरसम्म ५ महिनाको अवधिमा ४५ वटा पुरुषबाट सम्बन्ध विच्छेदको मुद्धा परेकोमा जिल्ला अदालत बर्दियाले जनाएको छ।

जसमा ४ वटा फैसला भैसकेको बर्दिया जिल्ला अदालतका श्रेष्तेदार यमप्रसाद बाँस्कोटाले बताए। सम्बन्ध विच्छेदका मुद्धा कम्तीमा एक वर्षको अवधिभर फर्छौट गर्न नपाइने कानुनी प्रावधान छ। उनले भने अदालतमा दुईजना जिल्ला न्यायाधीश भएकाले मुद्धा फर्छौट गर्न सहज भएको उनले बताए। गत आर्थिक वर्षमा जवरजस्ती करणी सम्बन्धी मुद्धाको लगत ८१ वटा रहेको बर्दिया जिल्ला अदालतका श्रेष्तेदार बाँस्कोटाले बताए।

जसमध्ये ५४ वटा मुद्धा फर्छौट भएका छन। गत वर्ष जबरजस्ती करणीसम्बन्धी २७ वटा मुद्धा फर्छौट गर्न बाँकी थियो।

चालु आर्थिक वर्षको मंसिर मसान्त सम्ममा १९ वटा लगत रहेको जबरजस्ती करणीसम्बन्धी मुद्धा २ वटा फर्छौट भैसकेको र १७ वटा मात्र फर्छौट हुन बाँकी छन। अदालतमा गत र चालु आवको कुल ४६ वटा जबरजस्ती करणी मुद्धामध्ये २२ वटा फर्छौट भैसकेको छ।

अझै २४ वटा मुद्धा फर्छौट गर्न बाँकी छन्। फेक मुद्धा उपर अदालतबाट कडा निगरानी हुन थालेपछि पछिल्लो समय बलात्कारका मुद्धा आउने क्रम घटेको हो उनले प्रष्ट पारे। महिला हिंसाका मुद्धा अधिक आउने उनले भने, जसअनुसार ४ सय महिला हिंसाका मुद्धामध्ये १ सय १५ वटा फर्छौट भएको र २ सय ८५ वटा फर्छौट गर्न बाँकी छन्।

अदालतमा लगत रहेका सम्बन्ध विच्छेदका १ सय ९५ वटा मुद्धा मध्ये ६९ वटा यसै वर्ष फर्छौट भैसकेकाले १ सय २६ वटा मात्र फर्छौट गर्न बाँकी रहेको बताए। बर्दिया जिल्ला अदालतका जिल्ला न्यायाधीश किरणकुमार पोखरेलका अनुसार बर्दियामा झुटा जबरजस्ती करणीका उजुरी दिने ६ जनालाई कैद सजाय गरिएको छ।

विभिन्न प्रलोभन तथा दवावमा परी झुटो उजुरी आउने प्रवृत्ति बढेपछि बर्दिया जिल्ला अदालतले त्यस्ता निवेदकलाई कारवाही प्रक्रिया सुरु गरेको हो। झुटा विवरणसहित उजुरी दिनेलाई १५ दिनदेखि बढीमा ३ महिनासम्मको कैद सजाय तोकिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ