arrow

बन्दसत्र २ बजेबाट

logo
प्रकाशित २०७२ फागुन २१ शुक्रबार
congress.jpg.jpeg
काठमाडौँ । नेपाली काँग्रेसको १३ औँ महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो २ बजेबाट सुरु हुने भएको छ । भृकुटीमण्डपमा दिउँसो २ बजेबाट सुरु हुने सो बन्दसत्रमा पार्टीका कार्यवाहक सभापति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम तथा महामन्त्रीले पार्टीको सङ्गठनसम्बन्धी र कोषाध्यक्षले आर्थिक प्रतिवेदनसमेत प्रस्तुत गरिने कार्यक्रम छ । 
 
पार्टी प्रवक्ता दिलेन्द्र बडूका अनुसार नीति तथा कार्यक्रममा काँग्रेसको मूल आदर्श राष्ट्रियता, प्रजातन्त्र, समाजवादका बारेमा समसामयिक व्याख्या, समसायिक राजनीतिक विश्लेषणलाई समेटिएको छ । नयाँ नेतृत्वका लागि आजसम्म मनोनय दर्ताको कार्यक्रम रहेको हुँदा बन्दसत्रको कार्यक्रम दिउँसो राखिएको काँग्रेसले जनाएको छ । महाधिवेशन बिहीबारदेखि सुरु भएको हो । 
 
बन्दसत्र आयोजना हुने स्थल वरपर र प्रवेश मार्गमा नयाँ नेतृत्वका लागि समर्थक पर्चा बाँडेर मत माग्न थालेका छन् । भृकुटीमण्डप परिसर उम्मेदवारी दिएका उम्मेदवारका फ्लेक्स प्रचारप्रसार सामग्रीले रङ्गीचङ्गी बनेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ