arrow

विश्वका विभिन्न देशमा आईतबार सूर्यग्रहण, व्यापारमा मिश्रित प्रभाव

logo
प्रकाशित २०७५ पुष २२ आइतबार
grahan_news.JPG

काठमाडौं । आईतबार विहान नेपाली समय अनुसार ५ बजेर १९ मिनेटदेखि विश्वका विभिन्न देशहरुमा खण्डग्रास सूर्य ग्रहण लागेको छ । ती देशहरुमा विहान नेपाली समय अनुसार ९ बजेर ३३ मिनेटमा सूर्य ग्रहण समाप्त भएको बताईएको छ । 

यो ग्र्रहण नेपालबाट भने नदेखिने भएकोले नेपालमा यसको केही असर नपर्ने ज्योतिषशास्त्रीहरुले बताएका छन् । विशेषगरी चीन जापान, कोरिया र रुसमा देखिएको सो सूर्यग्रहणको सोही क्षेत्रमा मात्रै दृष्टि गोचर भएको भारतीय ज्योतिष शास्त्री सचिन मल्होत्राले जानकारी दिए । 

केही मानिसहरु ग्रहणको अशुभ प्रभावबाट बच्नको लागि ग्रहणको समाप्तिमा अन्न स्वर्णादी बस्त्रादी दान गर्नको लागि बताउने गरेको भएपनि भारत र नेपालमा यसको केही प्रभाव नहुने भएकोले यसतर्फ चिन्ता लिनु पर्ने अवस्था नरहेको मल्होत्राले जानकारी दिए । 

यो ग्रहण अँग्रेजी नयाँ वर्षको पहिलो ग्रहण हो । पौष मासमा लागेको यो ग्रहणलाई शीतकालीन ग्रहणको रुपमा पनि लिने गरिएको छ । शीतकालीन दानको रुपमा शास्त्रले पौष तथा माघ महिनामा बस्त्रादी दानको लागि शुभ मानेको भएपनि ग्रहणको प्रभावबाट बच्नको लागि नेपालमा दान गर्नु आवश्यक नरहेको मल्होत्राले जानकारी दिए । 

यो ग्रहणले व्यापार व्यवसायमा भने मिश्रित प्रभाव पार्ने देखिएको छ । यो ग्रहणका कारण बैंकिङ क्षेत्रमा लाभ हुने देखिएको छ भने घरजग्गा व्यवसायमा यसले नोक्सानी बेहोर्ने देखिएको छ । सूचना प्रविधि, चाँदी, आभुषण, सिनेमा, कला, वस्त्र, तथा सुगन्ध उद्योगको लागि चुनौतीपूर्ण लाभ हुने देखिएको छ । अर्थात् यी क्षेत्रमा लाभ भएपनि त्यसमा चुनौती समेत उत्तिकै हुने देखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ