arrow

'संवेदनशील विषयमा पनि अफवाह फैलाईयो, आश्चर्य लागेको छ'

logo
प्रकाशित २०७५ पुष २२ आइतबार
kp_oli_samsad2.JPG

काठमाडौं । सरकारले गरेका संवेदनशील काममा पनि विभिन्न तहबाट अफवाह र भ्रामक सूचना फैलाईएको प्रति प्रधानमन्त्री केपी शर्मा ओलीले आश्चर्य व्यक्त गरेका छन् । आईतबार प्रतिनिधि सभा संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूहरुले गरेका राम्रा काममा पनि यावत किसिमका अफवाह र भ्रामक सूचना फैैलाईएको प्रति आफूलाई आश्चर्यलागेको बताएका हुन् । 

यो वर्ष भित्र नै धेरै नागरिकले राष्ट्रिय परिचयपत्र पाउने गरी काम गरिरँदा अनेकानेक अफवाह फैलाईएको भन्दै उनले यसप्रति आफू आश्चर्यमा परेको बताएका हुन् । उनले यो मात्रै नभएर सरकारका जस्ता सुकै राम्रा काममा पनि आलोचना र भ्रामक सूचना फैलाएर अफवाह फैलाउने काम भईरहेको भन्दै यस्तो नगर्न पनि उनले सबैलाई आग्रह गरेका छन् । 

उनले सामाजिक सुरक्षा योजनामा प्रतिपक्षी काँग्रेसले सानो मुख लगाएको भन्दै जस काँग्रेसले नै लिएपनि हुने बताए । उनले आफूले यसमा जस नलिएको भन्दै आफ्नो कार्यकालमा नयाँ युगको सुरुवात मात्रै भएको बारे सबैलाई जानकारी दिएको प्रतिक्रिया दिए । आफूले प्याटन राईट र कपि राईटको बारेमा बहस नगरिरहेको भन्दै जसले जस लिएपनि हुने बताए ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ