arrow

'निर्मलालाई सडकको अमर्यादित भीडले न्याय दिने होईन, सरकारले हो'

logo
प्रकाशित २०७५ पुष २२ आइतबार
kp_oli_samsad12.JPG

काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओलीले निर्मला पन्त जस्ता छोरीचेलीहरुलाई सडकको अमार्यादित भीडले न्याय नदिने चेतावनी दिएका हुन् । उनले आईतबार प्रतिनिधि सभा संसदमा बोल्दै सरकारमाथि विरोध गर्दैमा निर्मला पन्तका आफन्तले न्याय नपाउने दाबी पनि गरेका छन् । उनले अहिलेसम्म नेपाल प्रहरीको ९६ प्रतिशत सफलता रहेको बताउँदै केही घटनाहरु अपवादको रुपमा रहेको प्रतिक्रिया दिए । 

उनले निर्मला पन्त जस्ता चेलीबेटीहरुको बलात्कार र हत्याको घटनामा सरकार गम्भीर भएर लागेको भन्दै सडकमा कराउँदैमा कसैले न्याय नपाउने प्रतिक्रिया समेत दिए । उनले सरकारको काममा हमला गर्नको लागि धेरै किसिमका आक्रमणहरु भईरहेको भन्दै त्यस्तो काममा नलाग्न सकैसँग आग्रह पनि गरेका छन् । 

उनले आफू नेतृत्वको सरकारले अघिल्लो कार्यकालमा तुईन मुक्त बनाउने घोषणालाई लिएर अनेक अफवाहहरु फैलाएको भन्दै त्यस्ता कामहरु नगर्न समेत सबैलाई आग्रह गरेका छन् । उनले धेरैले भएको कामलाई पनि नभएको देखाउन धेरै मानिसहरु सक्रिय रहेको भन्दै उनले आफ्नो कार्यकालमा पहिचान गरिएको १ सय ८७ तुईन मध्ये अहिले सम्म १ सय १३ वटा तुईन विस्थापन भएको तथ्यांक समेत पेश गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ