arrow

काँग्रेसले नाराबाजी गरेपछि संसद बैठक १५ मिनेटको लागि स्थगित

logo
प्रकाशित २०७५ पुष २२ आइतबार
ssss.JPG

काठमाडौं । नेपाली काँग्रेसले प्रधानमन्त्रीको सम्बोधन लगत्तै संसदमा चर्काे नाराबाजी गरेपछि संसद बैठक १५ मिनेटको लागि स्थगित गरिएको छ । प्रधानमन्त्रीको सार्वजनिक महत्वको प्रस्तावमा उठेका प्रश्नको जवाफ पछि थप प्रश्न माग गर्दैै काँग्रेस सांसदहरुले समय दिन आग्रह गरेका थिए । सो आग्रहमा पछिल्ला कार्यतालिकामा समय दिन सकिने भन्दै सभामुख कृष्ण बहादुर महराले अहिले कार्यतालिका नभएको भनेपछि काँग्रेस सांसद्हरु प्रदर्शनमा उत्रिएका हुन् । 

विरोधकाबीच सभामुख महराले संसदको अर्थ समितिका सभापति कृष्णप्रसाद दाहाललाई निवृत्ति भरण सम्बन्धी विधेयक संसद्मा पेश गर्नको लागि समय दिएका थिए । सो समयमा काँग्रेस सांसद्हरुले चर्काे नाराबाजी गरेका थिए । सभामुख महराले प्रधानमन्त्रीको संम्बोधनमा प्रश्न गर्नको लागि सीमित सदस्यहरुको लागि मात्रै समय दिने बताएका थिए । तर, सीमित सदस्यलाई बोल्न दिएर मात्रै नहुने भन्दै उनीहरुले विरोध गरेका थिए । 

सो लगत्तै सभामुखले आईतबारको शुन्य समयको कार्यतालिका हटाएको घोषणा गर्दै रिजाललाई बोल्न दिएको समय समेत फिर्ता गरेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ