arrow

जन्मदिनमा चकलेट बाड्न निषेध

logo
प्रकाशित २०७५ पुष २२ आइतबार
chocolate.jpg

रामपुर ।पाल्पाको एक विद्यालयमा जन्मदिनका अवसरमा चक्लेट बाड्न निषेध गरिएको छ । रामपुर वडा नं–१० रामटारस्थित जङ्क फूड (पत्रु खाना) निषेध गरिएको जनकल्याण माध्यामिक विद्यालयमा जन्मदिनमा चकलेट दिने विद्यार्थीलाई कारवाही गरिने प्रधानाध्यापक आनन्दप्रसाद भण्डारीले बताएका छन् ।

विद्यालयको वातावरणीय र पर्यावरणीय सुधार तथा स्वास्थ्य शिक्षासम्बन्धी चेतना जगाउन यस्तो निर्णय भएको विद्यालयले जनाएको छ । विद्यालयमा युवराज श्रेष्ठ अध्यक्ष रहेको ‘इको क्लब’ गठन गरेर घरमै तयार पारेका खाजा विद्यार्थीलाई प्रयोग गराउन तथा पत्रु खानाको प्रयोग रोक्ने निर्णय भएको छ ।

बजारमा पाइने विभिन्न खानेकुराले विद्यार्थीको स्वास्थ्यमा असर गर्ने र पढाइमा समेत प्रभाव पार्ने भएपछि अब जन्मदिनको अवसरमा चकलेट वितरण नगरी शुभकामना आदानप्रदान मात्र गरिने शिक्षक दामोदर तिमिल्सिनाले जानकारी दिनुभएको छ । पत्रु खाना लैजान नपाइने भएपछि विद्यार्थीले घरमै तयार पारेका रोटी, मकै, भटमासलगायतका खाजा झोलामा बोकेर स्कुलमा आउने गर्दछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ