arrow

ह्याकरको निशानामा आईफोन प्रयोगकर्ता 

logo
एजेन्सी
प्रकाशित २०७५ पुष २२ आइतबार
apple.png

काठमाडौं । प्रविधिका उत्पादनहरु प्रयोगको क्रममा उठ्ने सबैभन्दा ठूलो प्रश्न हो –सुरक्षा । विभिन्न किसिमको साइबर आक्रमण र ह्याकिङले विश्वभरका प्रयोगकर्ताहरु समस्यामा रहने गरेका छन् । 

यसअघि इ–मेलबाट विभिन्न किसिमका साइबरको घटना हुने गरेकोमा हालसालै आवाजको माध्यमबाट पनि ह्याकिङ हुने गरेको विवरण सार्वजनिक भएको छ । यसको माध्यमबाट आईफोनका प्रयोगकर्ताहरुलाई लक्षित गरिएको छ । 

ह्याकरहरु आफैंले आफूलाई एप्पल सपोर्टको कर्मचारी बताउने गरेका छन् । टेक क्रन्चका अनुसार एक प्रयोगकर्तालाई यस्तै फोन आएको थियो र उनलाई कल ब्याकको लागि आग्रह गरिएको थियो । 

प्रयोगकर्ताको मोबाइलमा देखिएको विवरणअनुसार यो पनि एप्पलको उत्पादन थियो । त्यसपछि प्रयोगकर्ताले कलब्याक गर्दा अटोमेटेड सिस्टमबाट कलको उत्तर आएको थियो । 

साइबर विशेषज्ञहरुका अनुसार यस किसिमको कल प्रयोगकर्ताको व्यक्तिगत तथा व्यावसायिक सूचना पाउनका लागि प्रयोग गर्ने गरिन्छ । यस्ता फर्जी कलमा  विशेष ध्यान दिनुपर्ने उनीहरुको भनाइ छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ