arrow

संसदमा कांग्रेसका ब्याकबेन्चर हावी  

logo
प्रकाशित २०७५ पुष २३ सोमबार
congress-parlinment.jpg

काठमाडौं। सत्ताधारी दुई तिहाइ सांसदले संसदलाई कब्जामा लिन खोज्दै गर्दा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पनि त्यसको दरिलो उपस्थिति जनाएर सामना गरिरहेको छ । 

विशेषगरी संसदमा सभामुख कृष्णबहादुर महराले निष्पक्ष भूमिका खेल्न नसक्दा प्रमुख प्रतिपक्षी दलले वाध्य भएर उपस्थिति बलियो बनाउनु पर्ने देखिएको काँग्रेस सांसदहरु नै बताउँछन् । 

फ्रन्ट बेन्चरहरुले आफ्नो भूमिका खेल्दै आएका अवस्थामा ब्याक बेन्चरहरु समेत सशक्त भएर प्रस्तुत भएका छन् । 

संसदमा प्रायः पार्टीको मर्यादाका हिसाबले अन्तिम सिटतिरै देखिने गगन थापा संसदमा धेरै सक्रियमध्य अग्रस्थानमा पर्छन । उनी प्राय सार्वजनीक चासोका बिषयमाकेही भनाइ राख्न कि त रोष्ट्रममा जान्छन् कि आफ्नै सिटबाट उठेर बोल्छन् । 

हुनत नेपाली बुझाइमा लास्ट बेन्चरलाई बेवास्ती, गम्भीर नहुने, होहल्ला गर्ने व्यक्तिका रुपमा बुझिन्छ । खासगरी शैक्षिक क्षेत्रमा । 

संसदमा गगन थापा, प्रदिप गिरी प्राय लास्ट बेन्चर नै हुन् । तर उनीहरु संंसदमा सशक्त देखिएका छन् ।

अघिल्लो पटक गगन बोल्दाबोल्दै माइक काटिएको थियो ।मुख्य सचेतकसंग गुनासो गर्न आउँदा पनि उनलाई अप्ठेरो परेको थियो । 

सभामुख महराले संसदको गरिमालाई कायम राख्न नसक्दा आइतबार त गगन अगाडि आएरै बोल्नु पर्यो । मुख्य सचेतक बालकृष्ण खाँडभन्दा अगाडि गएर उनी बोले। 

विपक्षी दलको भूमिका राम्रो देखाए। सभामुखले विपक्षीको आवाज रोक्न माइक काटे पनि हल नै थर्काउने गरी चिच्याए । 

संसदमा खाँड, दिलेन्द्रप्रसाद बढु, डा मिनेन्द्र रिजाल, देवेन्द्रप्रसाद कणेल, डा डीला संग्रौला पन्त, प्रकाश स्नेही, देवप्रसाद तिमिल्सिना, अमरेशकुमार सिंह, राजेन्द्रकुमार केसी र संजय गौतम लगायतले पनि चर्को विरोध गरिरहे । 

सभामुख महराले तजबिजी अधिकार प्रयोग गरेपछि तिनै ब्याक बेन्चर गगनसहित यी नेताहरुले आफ्नो प्रदर्शन जारी राखे । 

पटक पटक संसदमा उनीहरुले भूमिका देखाए । लास्ट बेन्चर प्रदीप गिरिले बेलाबेलामा संसदमा बोल्छन् । उनी पनि सरकारलाई कडा सबक सिकाउन खरो रुपमा उत्रने गरेका छन् । 

फ्रन्ट सिटमा रहने गरेका नेताहरुको भूमिका प्रभावकारी सांसदको रुपमा देखिँदै आए पनि पछिल्लो समय लास्ट बेन्चरहरुको भूमिका अझ बढी सशक्त देखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ