arrow

दिव्यमणीको प्रश्नमा माधव नेपालको जवाफ : 'मलाई क्रिश्चियनसँग जोडेर बदनाम गरियो' 

logo
प्रकाशित २०७५ पुष २३ सोमबार
madhav-nepal--parliament.jpg

काठमाडौं । नेकपा नेता माधव कुमार नेपालले आफूलाई क्रिश्चियन धर्मसँग जोडेर बदनाम गराईएकोमा आपत्ति जनाएका छन्। सोमबार संसद्को अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै नेताले यस्तो गुनासो गरेका हुन् । 

काँग्रेस सांसद् दिव्यमणी राजभण्डारीले विवादास्पद एशिया प्यासिफिक सम्मेलनमा माधव नेपालको सहभागिताबारे प्रसंग निकालेपछि उनले यस्तो स्पष्टिकरण दिएका हुन् । नेता नेपालले सरकारको ‘सुखी नेपालीः समृद्ध नेपाल’ बनाउने अभियानमा अन्तर्राष्ट्रिय साथ  र सहयोग जुटाउन आफू ‘एसिया प्यासिफिक समिट’मा सहभागी भएको पनि स्पष्टिकरण दिए।

नेता नेपालले नेपाललाई विश्वमा चिनाउन आफू समिटमा सहभागी भएको दाबी गरे । समिटमा उनको धेरै सक्रियता देखेपछि अहिले उनी विरुद्ध अनेकानेक टीकाटिप्पणीहरु हुन थालेको छ । तर उनले भने आफूमाथि कुत्सित मनसाय राख्ने काम भइरहेको गुनासो समेत गरेका छन् । उनले आफूले सबै धर्मलाई सम्मानका रुपमा हेर्ने गरेको प्रतिक्रिया समेत दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ