arrow

सुनौलो भविष्य बोकेको कोरला नाका

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
74447403.jpeg
निर्मल खत्री, म्याग्दी। चीनसंग सीमा जोडिएको मुस्ताङको कोरला नाकासंग सुनौलो भविश्य जोडिएको भन्दै त्यसलाई तत्काल सञ्चालन गर्न धौलागिरिका ब्यवसायी, सरोकारवाला, राजनीतिक दल र धौलागिरीबासीले माग गरेका छन् । 
 
नेपाल माथि भारतले गरेको अघोषित नाकाबन्दीको कारणले देशभरको जनजीवन प्रभावित भएको अवस्था नाका सञ्चालन गर्न सके दैनिक उपभोग्य सामान आयात–निर्यातमा सहज हुने सरोकारवालाहरुको भनाई छ। करिव १२ बर्षदेखि बन्द अवस्थामा रहेको नाका सञ्चालनका लागि दुई देशबीच पटक–पटक वार्ता र कुटनीतिक पहल भएपनि त्यसले पूर्णरुप लिन सकेको छैन। हाल तिब्बतको ढोङवासेन र उपल्लो मुस्ताङका ब्यापारीहरुले अन्तरदेशीय ब्यापार मेला आयोजना गरेको अवस्थामा वर्षमा २ पटक मात्रै कोरला नाका सञ्चालन हुने गरेको मुस्ताङ उद्योग बाणिज्य संघका अध्यक्ष खगेन्द्र तुलाचनले बताउनुभयो । अहिले पनि ६ गाविसका सर्वसाधारणले यहि नाका हुदै आएको ढिके नुनको प्रयोग गरिरहेका छन् ।
 
सुरक्षा संवेदनशीलता देखाउँदै चिनियाँ पक्ष नाका सञ्चालन गर्न इच्छुक नभएको अवस्थामा उसको चिन्तालाई सम्बोधन गर्दै आधारभूत भौतिक संरचना निर्माणतर्फ राज्य लाग्नुपर्ने उनीहरुको सुझाब छ । यहि नाका हुदै तिब्बत प्रवेश गर्न चाहाने चार जना तिब्बतीलाई एकहप्ता अघि चिनियाँ सुरक्षाकर्मीले सीमा क्षेत्रबाटै पक्राउ गरि मुस्ताङ प्रहरीलाई हस्तान्तरण गरेको थियो । तीन बर्षअघि चिनियाँ पक्षले सीमा नजिकै अत्याधुनिक हतियार सहित सुरक्षाफौज तैनाथ गरेको छ भने उनीहरुले सीसी क्यामेरा मार्फत चौविसै घण्टा निगरानी बढाएको छ । 
 
लामो समयदेखि मुस्ताङ सदरमुकाम जोमसोममा सञ्चालन हुदै आएको सीमा प्रशासन कार्यालय र नेचुङ भन्सार कार्यालयले लोमान्थाङबाटै सेवा सुचारु गरिरहेका छन् भने कालीगण्डकी करिडोर अन्र्तगत सीमाना सम्म सडकको ‘ट्रयाक’ पुगीसकेको छ । सीमा क्षेत्रमा समथर भू–भाग, हिउँद समयमा हिउँ परेपनि तत्कालै लाग्ने घामका कारण बेनी–जोमसोम–लोमान्थाङ सडकलाई भरपर्दो बनाईए देशकै उपयुक्त नाका हुने नागरिक समाज मुस्ताङका अगुवा चन्द्रबहादुर थकालीले बताए । 
 
‘यो बहस सहि समयमा सुरु भएको छ, अब यसलाई बीचैमा छोड्नुहुदैन्, निस्कर्षमा पुर्‍याउनुपर्छ’, उनको भनाई छ । कोरला नाका हुदै तिब्बतका धार्मिक गुरु दलाई लामा भाग्नु, सीमा आसपासकै क्षेत्रमा खम्पा विद्रोह हुनु र पछिल्लो समय यहि नाका मार्फत तिब्बतीहरु तिब्बत प्रवेश गर्न चाहानु जस्ता कारणले चिनियाँ पक्षले सुरक्षा प्रत्याभूति चाहेको अगुवा थकालीको भनाई छ । नाकाका लागि आवश्यक पर्ने भौतिक संरचना र कार्यालय सञ्चालन भईसकेको भन्दै क्वारेन्टाईन सेवा विस्तार गर्नुपर्ने मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको भनाई छ । 
 
तिब्बतको कैलाश मानवसरोवर पनि यहि नाका हुदै जाँदा एकदमै नजिक पर्ने भएकाले नेपाली र भारतीय धार्मिक पर्यटकहरुका लागि सहज हुने अनुमान गरिएको छ । नाका सञ्चालन नहुँदा हालै मात्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणताका दुईदेश बीच नाथुला नाका खोल्ने सहमति संगै भारतीय भक्तजन उक्त मार्ग प्रयोग गर्न थालेका छन् । ‘तर, नाथुला नाकाबाट एकदमै गाहे छ, यहि नाकौ प्रभावकारी हुन्छ, यो विषयमा चीन पनि जानकार छ,’ मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष खगेन्द्र तुलाचनले भने, ‘धार्मिक दृष्टिकोणले यो नाकाको महत्व धेरै छ ।’ उपल्लो मुस्ताङका लोमान्थाङ, छोसेर, छोण्हुप, घमी, सुर्खाङ र छुसाङ गाविसका सर्वसाधारणले आफुलाई आवश्यक पर्ने सामानहरु यहि नाकाको प्रयोग गरि तिब्बतबाटै ल्याउने गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ