arrow

नख्खु कारागारका बाइस कैदीबन्दी एसइईमा सहभागी हुने

logo
प्रकाशित २०७५ पुष २३ सोमबार
nakkhu.jpg

ललितपुर । नख्खु कारागारमा रहेका २२ कैदीबन्दी यस वर्षको एसइई परीक्षामा सहभागी हुने भएका छन् ।

परीक्षाको फारम भरेका विद्यार्थी तयारीमा जुटेका कारागार प्रशासनले जनाएको छ । चार वर्षपहिले देखि कैदीबन्दीको कक्षा र परीक्षाको व्यवस्थापन कारागारले गर्दै आएको छ । पढ्न चाहने कैदीबन्दीलाई यहीँ पढाउन सकिने व्यवस्था गरिएको जेलर जीवनप्रसाद दुलालले बताए।

जिल्ला शिक्षा कार्यालयले कारागारमा अरू केन्द्रमा जस्तै परीक्षाको व्यवस्था गर्ने गरेको उनले जानकारी दिए । कार्यालयले एउटा ब्लकमा एउटा शिक्षकको व्यवस्था गरेको छ । यहाँका तीन ब्लक भएकाले तीन जना शिक्षकका लागि कार्यालयले न्यूनतम सुविधासहित कैदीबन्दीलाई शिक्षक तोकेको छ ।

कैदीबन्दी विभिन्न काममा संलग्न हुँदा कारागार प्रशासनलाई पनि व्यवस्थापन गर्न सजिलो हुने गरेको छ । प्रशासनले सकेसम्म उनीहरुलाई पढाइ वा काममा व्यस्त हुने वातावरणको व्यवस्था मिलाउने गरेको छ । कारागारमा कैदीबन्दी विद्यालय तहमा मात्रै नभइ कलेज तहमा समेत अध्ययनरत छन् । राष्ट्रिय परिक्षा बोर्डले ११, १२ को र स्नातक तथा स्नात्तकोत्तर तहमा त्रिभुवन विश्वविद्यालयले परीक्षाको व्यवस्था मिलाउने गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ