arrow

पत्नी फकाउन यी व्यक्तिले खोपे आफ्नै बदनामीको ट्याटु

logo
एजेन्सी
प्रकाशित २०७५ पुष २३ सोमबार
tattoo.png

काठमाडौं । पति र पत्नीको सम्बन्ध विश्वासमा टिकेको हुन्छ । यदि कसैले विश्वासघात गर्‍यो भने फेरी त्यसलाई मान्नु दुवैलाई कठिन हुन्छ । यस्तै एक पतिले आफूसँग रिसाएकी पत्नीलाई फकाउन अनौठो तरिका अपनाएका छन् । 

बेलायती नागरिक जोस टेरेसले आफ्नी पत्नीलाई धोका दिएका थिए । त्यसपछि पत्नी उनीसँग टाढिएकी थिइन् । पत्नी फिर्ता ल्याउनका लागि उनले गल्ती स्वीकार गर्दै आफ्नो बदनाम गर्दै ट्याटु खोपाएका थिए । 

२ जनवरी २०१९ मा खोपिएको ट्याटुमा टेरेजले आफूले दिएको दुःखको बदलामा ट्याटु खोपेको बताएका छन् । उनले ट्याटुमा आफू झुट बोल्ने, धोकेबाज, धूर्त, बेइमानजस्ता शब्दको प्रयोग गर्दै आफ्नो परिचय दिएका छन् । 

यस विषयमा सामाजिक सञ्जालमा मानिसहरुले विभिन्न किसिमको प्रतिक्रिया दिइरहेका छन् । केहीले विवाह तोड्ने सल्लाह दिएका छन् भने केहीले टेरेजकी पत्नीसँग माफी दिन आग्रह गरेका छन् । 

सामाजिक सञ्जालमा सेयर गरिएको तस्वीरमा खोपिएको ट्याटुमा दुई शब्दमा स्पेलिङ गलत थियो । यस विषयमा ट्याटु आर्टिस्टले स्वीकार गर्दै आफू मूलरुपमा बेलायती नभएकोले अङ्ग्रेजी आफ्नो दोस्रो भाषा रहेको बताएका छन् । उनले ग्राहकलाई जे लेख्ने हो त्यसको सही स्पेलिङ पनि ल्याउन आग्रह गर्ने गरेको बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ