arrow

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको समस्या समाधान गर्न पहल गर्छु– दाहाल

logo
प्रकाशित २०७२ फागुन २१ शुक्रबार
prachanda-again.jpg.jpeg
काठमाडौँ  । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका जायज माग पूरा गराउन आफूले पहल गर्ने बताए  । विश्वविद्यालय मातहतका आङ्गिक क्याम्पसका प्रमुख र क्याम्पस सञ्चालक समितिका अध्यक्षले आज अध्यक्ष दाहालको निवास लाजिम्पाटमा गरेको सामूहिक भेटका अवसरमा उहाँले सबै प्रक्रिया पूरा भइसकेको सन्दर्भमा पनि क्याम्पस सञ्चलनमा समस्या नहुनुपर्ने बताए । 
 
अध्यक्ष दाहालले भने, ‘‘म विश्वविद्यालयसँग सम्बन्धित समस्या समाधान गर्न उच्चस्तरीय राजनीतिक समन्वय समितिमा सत्तासाझेदार दलसँग छलफल गरेर कुनै न कुनै निकास दिन पहल गर्छु ।’’ क्याम्पस प्रमुख र सञ्चालक समितिका अध्यक्षले स्थानीय समस्याका विषयमा अध्यक्ष दाहाललाई जानकारी गराएका थिए । कुल १५ आङ्गिक क्याम्पसका चार सय ४४ दरबन्दी स्वीकृति गरी कार्यान्वयन गराउन पहल गरिदिन उनिहरुले आग्रह गरेका अध्यक्ष दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । 
 
विश्वविद्यालयको तेस्रो सभाबाट सुदूरपश्चिममाञ्चलका नौ वटै जिल्लाबाट १५ सामुदायिक क्याम्पसलाई आङ्गिक बनाउने निर्णय भइसकेको छ । जनसहभागितामा सञ्चालित ती सामुदायिक क्याम्पसमा सुदूरपश्चिममाञ्चल क्षेत्रका ८० प्रतिशत विद्यार्थी अध्ययनरत छन् । आङ्गिक क्याम्पसको अनिवार्यतालाई ध्यानमा राखी ती क्याम्पसलाई आवश्यक दरबन्दी शिक्षा मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट पनि स्वीकृत भइसकेका छन् । हाल अर्थ मन्त्रालयले उचित निर्णय नगरिदिँदा बजेट प्राप्त गर्न समस्या भएको गुनासो क्याम्पस सम्बद्ध पक्षले अध्यक्ष दाहाल समक्ष गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ