arrow

पाकिस्तानका प्रम ईमरानले दिए भारत र कोहलीलाई बधाई

logo
प्रकाशित २०७५ पुष २४ मंगलबार
imran-khan-PM.jpg

काठमाडौं। पाकिस्तानका प्रधानमन्त्री ईमरान खानले भारतलाई अष्ट्रेलिया बिरुद्धको टेष्ट श्रृखंला जितेकोमा बधाई दिएका छन्। पाकिस्तानका प्रम खान आफै पुर्व क्रिकेटर र पाकिस्तानी क्रिकेट टिमको कप्तान हुन्।

भारत र पाकिस्तानको सम्बन्धमा रहेको लामो समयदेखिको तिक्तता मेटाउने प्रयासमा पाकिस्तान रहेको छ। यसै क्रममा क्रिकेटबाट स्बन्ध सुधारको प्रयास हुन सक्ने आँकलन गरिएको छ।

प्रम खानले भारतलाई र कप्तान बिराट कोहलीलाई दक्षिण एसियाको पहिलो टेष्ट श्रृखंला जितका लागि बधाई भन्दै ट्विट गरेका छन्। दक्षिण एसिया बाट अहिलेसम्म कुनै पनि टोलीले अष्ट्रेलियालाई उसको घरमा टेष्ट श्रृखंलामा पराजित गरेको थिएन ।

चार टेष्ट म्याचको श्रृखंलामा भारत २-१ले बिजयी भएको हो । यो जितलाई भारतमा बिश्वकप भन्दा ठुलो जितका रुपमा चित्रित गर्न थालिएको छ। यसैक्रममा भारतमा कोहलीलाई सचिन भन्दा राम्रा खेलाडी भनेर बहश छेडिएको छ। यो श्रृखंला बिजयी पछि भारतमा नयाँ किसिमको बहश शुरु भएको छ।

पाकिस्तानी प्रमको उक्त ट्विटलाई भारतमा स्वागत गरिएको छ। पाकिस्तानी प्रमको उक्त सम्बन्ध बिस्तारको प्रयासलाई भारतमा हुने आगामी आम निर्वाचनसँग नि जोडिन थालिएको छ।

Congratulations to Virat Kohli and the Indian cricket team for the first ever win by a subcontinent team in a test series in Australia

— Imran Khan (@ImranKhanPTI) January 8, 2019



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ