arrow

कपिलवस्तु क्याम्पसमा अंग्रेजी र नेपाली विषय थप

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७५ पुष २४ मंगलबार
kapilbastu-campus.jpg

कपिलवस्तु। सामुदायबाट संचालित कपिलवस्तु बहुमुखी क्याम्पस तौलिहवामा यस वर्ष देखी स्नाकोत्तर तहमा शिक्षासास्त्र संकाय तर्फ नेपाली र अग्रेजी विषयको पठनपाठनको लागी स्वीकृत पाएको छ। त्रिभुवन विश्वविद्यालयले क्याम्पसले दिएको आवेदनको आधारमा उत्त विषयको लागी अनुमती दिएको हो। यस अघि क्याम्पसमा स्वास्थ्य शिक्षा र शैक्षणिक योजना तथा व्यवस्थापन र व्यवस्थापन संकाएबाट पनि स्नाकोत्तरको कक्षा संचालन गरिरहेको छ।

विद्यार्थीको मागका आधारमा नेपाली र अंग्रेजी विषयको लागी अनुमती  माग गरिएकोमा यस वर्षबाट उत्त विषयहरु अध्यापन गराउनको लागी त्रिभुवन विश्वविद्यालयबाट अनुमती मिलेको क्याम्पस प्रमुख नवराज तिवारीले बताए। 

अंग्रेजी र नेपाली विषयको उच्च शिक्षा लिनको लागी वुटवल भैरहवा जस्ता शसरमा जानुपर्ने समस्या हल गर्नको लागी स्थानीय ठाँउमै उत्त विषयहरु थप गरेर कम शुल्कमा अध्यायन गर्ने वातावरण मिलाउनको लागी विषयहरु थप गरिएको सहायक क्याम्पस प्रमुख विनय पाण्डेयले बताए।

स्नातक उर्तिण गरी नजिकको क्याम्पसमा अग्रेजी विषय नभएकोले वाहिर अध्यान गर्न समस्या परेकोमा यस वर्ष क्याम्पसमा उत्त विषय आएपछि आफुहरुलाई सहजता भएको विद्यार्थी विजय कुमार तेलीले बताए।

सामुदायिक क्याम्पसहरुमा नेपालमै जेठो क्याम्पसको रुपमा कपिलवस्तु बहुमुखी क्याम्पसमा मावि तर्फ विज्ञान, शिक्षा, मानविकी र व्यवस्थापन पठनपाठनको व्यवस्था रहेको छ। भने स्नातक तलमा शिक्षा, व्यवस्थापन र मानविकी र स्नाकोक्तरमा शिक्षा र व्यवस्थापन संचालन गर्दै आएको छ। 
त्यस्तै नेपाल संस्कृत विश्वविद्यालयबाट एक वर्षे विएड पनि संचालन गर्दै आएको र ८ सय विद्यार्थीले पठनपाठन गर्दै आइरहेको क्याम्पसले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ