arrow

यस्तो छ हुण्डाईको ‘हिँड्न सक्ने कार’

logo
एजेन्सी
प्रकाशित २०७५ पुष २४ मंगलबार
walking_car.jpg

काठमाडौं । दक्षिण कोरियन कार निर्माता हुण्डाई मोटर्सले ‘हिँड्न सक्ने कार’ ल्याउने भएको छ । 

अमेरिकाको लस भेगसमा जारी 'कन्ज्युमर इलेक्ट्रोनिक्स सो' प्रविधि मेलामा कम्पनीले नयाँ कारको अवधारणा सार्वजनिक गरेको हो । कम्पनीले दिएको जानकारीअनुसार सानो मोडलको यो कारमा रोबाटिक खुट्टा राखिएका छ । यसको सहयोगमा कार एक घण्टामा पाँच किलोमिटरसम्म हिँड्न सक्छ । 

यो कारले ५ फिटसम्मको पर्खाल पनि चढ्नसक्छ भने ५ फिटसम्म उफ्रिन पनि सक्छ । कम्पनीले यो अवधारणा तीन वर्ष लगाएर बनाएको हो र यसलाई सोमबार सार्वजनिक गरिएको हो । 

यदि कुनै स्थानमा भूकम्प वा सुनामी आएर ध्वस्त भयो भने यो कर पहिलोपटक उद्धारको लागि पुग्ने सवारीसाधन हुने  कम्पनीको विश्वास छ । यो कार मानिसजस्तै खुट्टाले हिँडेर उद्धारको लागि जानसक्ने हुण्डाईले बताएको छ । 

विश्लेषकहरुले अहिलेसम्म ल्याइएको कारको अवधारणामध्येकै यो निकै विशेष किसिमको रहेको बताएका छन् । अहिलेसम्म कुनै आपतकालीन अवस्थामा सवारीको सेना पुर्‍याउनका लागि प्राविधिक चुनौती रहेको अवस्थामा कम्पनीको योजना निकै महत्वपूर्ण हुने उनीहरुको भनाइ छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ