arrow

विवाहमा ब्रेडको सट्टा राखियो थर्मोकोलबाट बनाइएको केक, आरोपी पक्राउ

logo
प्रकाशित २०७५ पुष २५ बुधबार
baraeda.jpg

काठमाडौं । फिलिपिन्सको पासिग सहरका एक जाडीले क्याटेररलाई प्रहरी चौकीमा पुर्‍याएका छन् । विवाहको पार्टीमा खानाको व्यवस्था नगरेको भन्दै क्याटेरलाई प्रहरी चौकी लगिएको हो ।

निकै छिटो गर्ने क्रममा क्याटेररले केक पनि नक्कली पठाएका थिए । आधा केकमा ब्रेडको सट्टामा थर्माकोल प्रयोग गरिएको थियो र त्यसमाथि क्रिम लगाइएको थियो । नवविवाहित जोडीले केक काट्दा क्याटेररको धोकाधडी खुलेको थियो ।

स्थानीय सञ्चारमाध्यमकाअनुसार ४० वर्षीय झोन चेन र २६ वर्षीया शाइन तोमायोले करिब ३ तीनलाख २० हजार रुपैयाँ खर्च गरेर रिसेप्सन पार्टी आयोजना गरेका थिए । चर्चमा विवाहपछि होटलमा पुगेका पाहुनाको लागि खानाको कुनै व्यवस्था गरिएको थिएन । यो घटनापछि जोडीले पाहुनाको लागि रेष्टुरेन्टबाट खाना मगाएका थिए ।

यो बेइज्जतीपछि पाहुनासहित नव जोडी प्रहरीकोमा पुगी क्याटेररविरुद्ध उजुरी दर्ता गरेका थिए । प्रहरीले क्याटेररलाई पक्राउ गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ