arrow

नासाका प्रमुख लाईटफुट भन्छन् : 'म पनि स‌ंस्कृत सिक्दैछु'

'भारतवर्षीयहरुले स‌ंस्कृत किन विर्सिँदैछन् म अचम्ममा पर्छु'

logo
प्रकाशित २०७५ पुष २५ बुधबार
Nasa_chief_Sanskrit.JPG

काठमाडौं । नासा प्रमुख रोबर्ट लाईटफुट जुनियरले आफू संस्कृत बोल्ने अभ्यास गरिरहेको बताएका छन् । उनले संस्कृत संसारकै सबैभन्दा स्पष्ट भाषा भएको भन्दै आफू पनि यो भाषा बोल्ने अभ्यास गरिरहेको बताएका हुन् । भारतीय सञ्चार संस्था नवभारत टाईम्सको एक रिपोर्ट अनुसार लाईटफुले आफैं पनि संस्कृत सिकिरहेको बताउँदै भारत वर्षीयहरुले यसको महत्व नबुझेकोमा आफू आश्चर्यमा परेको समेत बताएका छन् । उनी जनवरी २०, २०१७ देखि अप्रिल २३, २०१८ सम्म नासाको कार्यकारी प्रशासकको काम गरिसकेका वैज्ञानिक हुन् । 

पहिले भारत वर्षीयहरु संस्कृत भाषामा नै बोलिचाली गर्ने गरेको बताउँदै उनले अहिलेका भारत वर्षीय देशका नागरिकहरुले किन संस्कृतलाई उपेक्षा गरेका हुन् भन्नेबारे आफू अचम्ममा लागेको बताए । यस अघिपनि राष्ट्रिय हवाई यातायात तथा अन्तरिक्ष प्रशासन (नासा) मा  संस्कृत सिक्ने काम भै रहेको समाचार आइसकेको थियो । नासमा रहेको एक अध्ययन समूहसंस्कृतको सागरबाट नयाँ खोजको सुरुवात गर्न गईरहेका छन् । उनीहरुले संस्कृतबाट अरु केही विकास गर्न सकिन्छ कि भन्नेमा थप अध्ययन गरिरहेका हुन्।

विश्व भाषाको इथियोलोगु सूचीका अनुसार विश्वमा करिब ६ हजार ९ सय भाषा रहेका छन् । जसमध्ये चिनियाँ भाषा सबैभन्दा धेरैले बोल्छन् । चीनमा रहेको ठूलो जनसंख्याका कारण पनि यसको संख्या थपिएको हो । त्यस्तै फ्रेन्च र इटालियन भाषा सबैभन्दा सरल रहेको बताइन्छ । 

संस्कृत आफैमा विशाल र विकराल भाषा हो । संसारका कुनै पनि भाषामा यति धेरै शब्द छैन जुन संस्कृतमा रहेको छ । अहिलेसम्म संस्कृतमा १०२ अर्ब ७८ करोड ५० लाख शब्दको प्रयोग भएको छ । जानकारहरुका अनुसार यदि कम्प्यूटरमा यस भाषाको प्रयोग भए  भाषाको दायरा अझै बढाउन सकिनेछ । संस्कृतमा अन्य भाषाको तुलनामा कम शब्द मै कुरा गर्न सकिन्छ ।

यूनिभर्सिटि अफ शिकागो ओक एमआईटी जस्ता संस्थानले अहिले संस्कृत सिकाइरहेका छन् । यस बाहेक नासामा पनि एक विभाग छ जुन प्राचीन संस्कृतमा लेखिएको हस्तलिपी माथि रिसर्च गरिरहेको छ । संस्कृत संसारमा बोलिने सबै भाषामा सबैभन्दा स्पष्ट बोलिने ल्याङवेज रहेको नासाको बुझाइ रहेको छ । नासा छैठौं र ७औँ जनरेशनमाथि काम गरिरहेको छ जुन संस्कृतममा आधारित हुनेछ । यसैकारण संस्कृत र गहराईमा बुझ्न नासा संस्कृतमा लेखिएको ६० हजार पाडुलिपिहरु माथि पनि रिसर्च गरिरहेको छ ।

संस्कृतले मेमरी पावर बढाउछ । जुन विद्यार्थी संस्कृत पढ्छ उ अर्को विद्यार्थीको तुलनामा छिटो गणित र विज्ञान जस्ता बिषय बुझ्न सक्छ । त्यसैले विश्वका कयौ इन्टरनेशनल स्कूलले संस्कृत भाषालाई अनिवार्य बनाएका छन् । केहि रिसर्चमा पनि संस्कृत बोल्ने वा  पढ्नाले हाम्रो शरीर भित्र एनर्जी प्वाइंट जाग्ने देखाएको छ ।

संस्कृतसँग जोडिएका केही विषयहरुलाई बुँदागत रुपमा तल प्रस्तुत गरिएको छ । 
१ संस्कृत सबै भाषाको जननी भाषा मानिन्छ ।
२ भारतको उत्तराखण्ड राज्यको आधिकारिक भाषा नै संस्कृत हो । 
३ नासाका अनुसार संस्कृत धरतीमा बोलिने सबै भाषाभन्दा स्पष्ट भाषा हो ।  
४ संस्कृत दुनियाँमा सबैभन्दा धेरै शब्द भएको भाषा हो । अहिले संस्कृतमा १०२ अर्ब ७८ करोड ५० लाख भन्दा बढी शब्द भएको आकलन गरिएको छ । 
५ संस्कृत कुनै पनि विषयको लागि अद्भुत खजाना हो । उदाहरणको लागि हात्तिको लागि मात्रै संस्कृतमा १०० भन्दा बढी नामहरु रहेका छन् । 
६ नासाले संस्कृतमा लेखिएका ६० हजार भन्दा बढी पाण्डुलिपीहरु रिसर्चको लागि सुरक्षित राखेको छ । 
७ संस्कृत यस्तो भाषा हो जुन भाषाको सबै वर्णमाला उच्चाहरण गर्दा शरीरका सबै मांसपेशीको अभ्यास हुन्छ । यस्तो अरु कुनैपनि भाषामा हुँदैन । 
८ अमेरिकामा रहेको एक हिन्दू विश्वविद्यालयको एक अध्ययनले संस्कृतमा बोल्ने मानिसलाई रक्तचाप, मधुमेह, कोलेस्ट्रोल जस्ता रोगबाट मुक्ति पाउन सकिन्छ । 

नासा पनि सिक्दै छ संस्कृत, कारण यस्तो



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ