arrow

भीरबाट लडेका शुक्रराजको उपचारमा समस्या

logo
प्रकाश धौलाकोटी,
प्रकाशित २०७२ फागुन २१ शुक्रबार
sukraraj-limbu.jpg.jpeg
तेह्रथुम । दुई साता अघि भीरबाट लडेर सिकिस्त बनेका तेह्रथुमको हमरजुङ–८ का शुक्रराज लिम्बुको उपचारमा समस्या भएको छ । परिवारको कमजोर आर्थिक श्रोतका कारण लिम्बुको उपचार रोकिने अवस्थामा पुगेको उनका नातेदारले बताएका छन् ।  गोठाला गएका लिम्बु गएको माघ २७ गते भीरबाट लड्दा ३ वटा करङ भाँचिनुका साथै फोक्सो, किड्नी र कलेजोमा समेत असर परेको देखिएपनि उपचारकालागि पर्याप्त रकम नहुँदा सहयोगको याचना गर्नुपरेको दाजु सन्तोषकुमारले बताए  । लिम्बुको अहिले बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रष्तिठान, धरानमा सर्जरी आई.सी.यु. वेड नं. ४ मा उपचार भइरहेको छ ।  
 
परिवारको अवस्था निकै कमजोर रहेको र छरछिमेकमा ऋण गरेर गरी अहिलेसम्म २ लाख रुपैयाँ बढी खर्च भइसकेको परिवारले जनाएको छ । घाइते लिम्बुको उपचारमा झन्डै तीन साता बितिसकेपनि अझै दुई वटै खुट्टा चल्दैनन् ।  छोराको उपचारमा सहयोग गरिदिन आमा छविमायाले याचना गर्नुभएको छ । शुक्रराजका बुवा यसअघि नै बितिसकेका छन्  । आमा छविमायाले आफ्नो छोरा जीवन मरणको दोसाँधमा रहेकाले जीवनदान गरिदिन सबैसँग आग्रह गरिन्  । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ