arrow

बेलायतको एक विश्वविद्यालय जहाँ ताली बजाउन लगाइएको छ रोक

logo
प्रकाशित २०७५ पुष २५ बुधबार
university1.jpg

काठमाडौं । विद्यालय होस् वा अरु कुनै क्षेत्रमा पनि तारिफ वा प्रशंसाको लागि ताली बजाउने गरिन्छ । तर, ताली बजाउन रोक लगाइयो भने के होला ?

यस विषयमा धेरैले सोच्दैनन् तर बेलायतमा एउटा यस्तो युनिभर्सिटीमा ताली बजाउन पनि रोक लगाइएको छ । बेलायतको म्यानचेस्टर विश्वविद्यालयमा ताली बजाउन प्रतिबन्ध लगाइएको छ ।

सुन्दामा अचम्म लाग्ने यो नियम बेलायती विश्वविद्यालयबाट पारित गराइएको छ । युनिभर्सिटीको यो अनौठो किसिमको नियम तालीबाट आउने आवाजले उत्पन्न गर्ने समस्या  र डरलाई मध्यनजर गर्दै ल्याइएको हो । विश्वविद्यालयको विद्यार्थी संगठनले यो नियम पारित गर्दै तालीमा प्रतिबन्ध लगाएको हो ।

ताली बजाउने हातलाई जज ह्याण्ड भनिन्छ, जसको प्रयोग आफ्नो खुशी साट्नका लागि प्रयोग गर्ने चलन अझै पनि रहेको छ ।
सन् २०१ को अप्रिल महिनामा दरहम विश्वविद्यालयमा एक प्रस्ताव पारित गरिएको थियो । जसमा भविष्यमा कुनै पनि समारोहमा हुने गरेको ताली बजाउने काममा प्रतिबन्ध लगाइने प्रस्ताव उल्लेख गरिएको थियो । त्यसका साथै अनावश्यक हल्लामा पनि कम गर्नका लागि माग गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ