arrow

न्यायका लागि छुट्टै संयत्रको माग गर्दै द्वन्दपिडित

logo
मुरली गोडिया,
प्रकाशित २०७५ पुष २५ बुधबार
dwandpidit_chautari.jpg

गुलरिया,बर्दिया । राज्यपक्ष र तत्कालीन विद्रोही पक्षका पिडितहरुको माग सम्बोधन गर्नका लागी द्वन्द पिडितले देशव्यापी अभियान सुरु गरेका छन । शन्तिप्रक्रियाको क्रममा हासिल गरिएको तत्कालीन विद्रोही सम्बद्ध लडाकु र हतियार व्यवस्थापनको नेपाली अनुभव समेतका आधारमा उच्चस्तरिय एवं विश्वसनीय संयत्र निर्माण हुनु पर्ने भन्दै माग अघि सारिएको द्वन्द पिडित साझा चौतारी का केन्द्रिय अध्यक्ष भागीराम चौधरीले बताए ।

संक्रमणकालीन न्याय प्रक्रियालाई अपसी छलफल, परामर्श तथ सहमति सहित विश्वसनीय ढंगबाट अगाडी बडाउने बाताबरण सृजना गर्ने सवै सरोकारवाला पक्षहरुको समभागितामा हुनुपर्ने द्वन्द पिडितहरुको माग रहेको छ । दिगो न्याय र क्षतिपुर्ति पाउनका लागी राज्यपक्ष र तत्कालीन विद्रोही पक्षका पिडितहरुको माग सम्बोधन गर्नका लागी द्वन्द पिडित साझा चौतारीले अभियानको क्रममा बर्दियामा सरोकारवालाहरु संग अन्तरक्रिया कार्यक्रम गरेको हो ।

द्वन्द पिडित साझा चौतारीले गत मंसीर ४ र ५ गते राष्ट्रिय सम्मेलन आयोजना गरी द्वन्द पिडीत बडापत्र मार्फत संक्रमणकालीन न्यायको सम्बन्धमा पिडीत केन्द्रित र मानवअधिकारमैत्री समाधानको मार्ग चित्र सहित आफनो अवधारण सर्वाजनिक गरेको थियो । कार्यक्रममा बोल्दै अधिकारकर्मी तथा द्वन्दविज्ञ टिका ढाकालले बडापत्र बन्नु द्वन्दपिडितहरुको न्यायका लागी ऐतिहासिक महत्वभएको भन्दै यसमा सवैको साथ र सहयोगका अपेक्षा समेत रहेको बताए ।

साझा चौतारी द्वन्द पिडितहरुका लागी शान्ति सम्झौताले परिकल्पना गरे अनुसार संविधान निर्माण एवं तत्कालिन माओवादी लडाकु तथा हतियारको ब्यवस्थापन भएपनि द्वन्द पिडितका लागी न्याय र परिपुरणको ब्यवस्था गर्न नसकेको द्वन्द पीडित साझा चौतारीका केन्दिय अध्यक्ष चौधरीले अन्तरक्रिया कार्यक्रममा बताए । उनले चार बर्ष अघि गठन गरिएका सत्य निरुपण तथा वेपत्ता पारिएका व्यक्तिको छानवीन आयोगले द्वन्द पिडितले महसुस गर्ने कुनैपनि उपलब्धि हासिल गर्न नसकेको अध्यक्ष चौधरी बताउछन् । द्वन्द पिडितका मुद्धा आफैले अगुवाई गर्नुपर्ने र पिडित प्रतिनिधि संस्थाहरु संगठित रुपले परिचालन गर्न सक्षम छन भन्ने साझा अवधारणा एकमत भई पिडित केन्द्रित न्यायका लागी २३ बुदे द्वन्द पिडित बडापत्र जारी गरेको छ । बडापत्रमा सहज रुपमा द्वन्द लाई कसरी अवतरण गर्न सकिन्छ भन्ने साझा अवधारणा निकालिएको कार्यक्रममा चौधरी अध्यक्षले प्रष्ट पारे ।

शान्ति प्रक्रियाको क्रममा हासिल गरिएको तत्कालीन विद्रोही सम्बद्ध लडाकु र हतियार व्यवस्थापनको नेपाली अनुभव समेतका आधारमा संक्रमणकालीन न्याय प्रक्रियालाई आपसी छलफलमा टुङ्गो लगाउन सहज हुने द्वन्द पिडितहरु बताउछन् । द्वन्द पिडितहरुले शसस्त्र द्वन्द का क्रममा घाइते, अपाङ्ग तथा अङ्गभङ्ग भएकालाई औषधि उपचार तथा जीवन निर्वाहको ब्यवस्था गर्नुपर्ने र निश्पक्ष रुपमा द्वन्द पिडितहरुले न्याय पाउनुपर्ने उनीहरुको मुख्य ऐजेण्डा भएको बडापत्रमा उल्लेख गरेको छ । अन्तरक्रिया कार्यक्रममा नेपाल बार एशोसिएसनका प्रतिनिधि, कानुन ब्यवसायी, नागरिक समाज, पत्रकार तथा द्वन्द पिडितहरुको उपस्थिती रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ