arrow

माघे संक्रान्ति र माघी बिदा गण्डकी प्रदेशमा पनि, केन्द्र सरकार दबाबमा  

logo
सरिता तिम्सिना पंगेनी, 
प्रकाशित २०७५ पुष २६ बिहिबार
pradesh-4_(2).jpg

पोखरा । गण्डकी प्रदेश सरकारले माघ १ गते माघे संक्रान्ति र माघीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले थारु तथा मगर समुदायको विशेष चाड माघी र अन्य समुदाले मनाउँदै आएको माघे संक्रान्तिलाई मध्यनजर गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको भौतिक विकास पूर्वाधार मन्त्री तथा सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए ।

गण्डकी प्रदेशमा रहेका सबै शैक्षिक सस्था, सरकारी तथा सार्वजनिक कार्यालय, बैंक तथा वित्तीय संस्था र संस्थानमा सार्वजनिक बिदा हुने उनले बताए । 

कर्णाली प्रदेशले पनि माघीको बिदा दिने निर्णय गरिसकेको छ । त्यसअघि प्रदेश नम्बर ५ ले पनि बिदा दिने निर्णय गरेको थियो ।

तीन प्रदेशले बिदा दिएपछि केन्द्रीय सरकारलाई पनि बिदाका लागि दबाब बढेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ