arrow

पिएसजी विरुद्ध एकै खेलमा तीन पेनाल्टी, एम्बाप्पेको गालामा गोलपिकरको चड्कन, नेयमारले सकेनन् बचाउन

logo
प्रकाशित २०७५ पुष २६ बिहिबार
neymar15.jpg

काठमाडौं । ब्राजिलियन फुटबल स्टार नेयमारको टिम नेइमारले गोल गरेरै पनि ब्यवसायिक फुटबलमा पेरिस सेन्ट–जर्मेन पिएसजीलाई बचाउन सकेनन् । नेयमारको पिएसजी फ्रेन्च लिग कपबाट अप्रत्यासित रुपमा बाहिरिएको हो ।

Guingamp's players celebrated their surprise victory hugs and smiles at the Parc des Princes

फ्रेन्च लिग वानको लिग लिडर पिएसजी लिग वानको पुछारमा रहेको गुइनगाम्पसँग २–१ गोल अन्तर पराजित भएर लिग कपबाट बाहिरिएको हो ।

डिफेन्डिङ च्याम्पियन पिएसजीले घरेलु मैदानमा खेलेको खेलमा पराजित भएसंग क्वार्टरफाइनलबाटै बाहिरिनु परेको हो । 

६२ औँ मिनेटमा नेइमारले गोल गर्दै पिएसजीलाई अग्रता दिलाए पनि अन्तिम अन्तिमको १० मिनेट सम्हालिन नसकेपछि हारकै सामना गर्नुपर्यो । 

खेल अवधिमा तीन वटा पेनाल्टी हान्ने अवसर पाएको गुइनगाम्पले एउटालाई भने गोलमा परिणत गर्न सकेन ।  

But Guingamp were level in the 81st minute after Yeni Ngbakoto (centre) scored from 18 yards

८१ औँ मिनेटमा पेनाल्टीमा यानी एनग्बाकोटोले गोल गरे । यस्तै इन्जुरी समयको तेस्रो मिनेटमा पाएको पेनाल्टीमा मार्कस थुरामले विजयी गोल गरे ।

But PSG were later dumped out after Marcus Thuram converted a stoppage-time penalty

गुइनगाम्पका मार्कस थुरामले भने नेइमारले गोल गर्नुअघि पाएको पेनाल्टीलाई गोलमा परिणत गर्न सकेका थिएनन् । 

Thuram had earlier missed a penalty which led to PSG star Edinson Cavani (right) celebrating

तनावमा खेलेपछि अन्त्यतिर नेइमारले पहेंलो कार्ड खान पुगेका थिए । 

Neymar (left) and his PSG team-mates have been eliminated from the French League Cup

फ्रेन्च हिरो पिएसजीका केलियन एम्बाप्पेलाई खेलका क्रममा गुइनगाम्पका गोलकिपर कार्लजोहन जोन्सनले घुँडाले गालामै हानेका थिए । बल हान्ने र बचाउने क्रममा उनीहरु आपसमा ठोक्किएका हुन् । 

Kylian Mbappe (left) collided with the right knee of Guingamp goalkeeper Karljohan Johnsson

Cavani and PSG No 6 Marco Verratti were both booked for dissent in stoppage time in Paris
यस्तै लिग वानमा रेलिगेशनबाट जोगिन संघर्ष गरिरहेको थिएरी अन्रीको क्लब मोनाको पनि सेमिफाइनलमा पुगेको छ । बुधबार राति नै भएको खेलमा मोनाकोले रेनिसमाथि संघर्षपूर्ण जित निकालेर सेमिफाइनलमा पुगेको हो । 

प्रतिस्पर्धात्मक खेलमा निर्धारित समयमा १–१ को बराबरी भएपछि पेनाल्टी सुटआउटमा मोनाको ८–७ ले विजयी भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ