- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । बर्खास्तीमा परेका प्रशिक्षक जोजे मौरिन्होलाई म्यान्चेस्टर युनाइटेडले क्षतिपूर्ति दिएको छ । इंगलिश फुटबल क्लब म्यान्चेस्टरले सम्झौताको साढे दुई वर्ष अगाडि नै क्लबबाट बर्खास्ती गरेपछि डेढ करोड पाउन्ड क्षतिपूर्ति दिएको हो ।
म्यान्चेस्टरले लगातार खराव प्रदर्शन गरेपछि गत डिसेम्बर १८ मा मौरिन्हो हटाइएका थिए ।
अब मौरिन्हो र क्लबबीच कुनै पनि सम्झौता बाँकी नरहेको बुधबार राति क्लबले बताएको छ ।
५५ वर्षीय मौरिन्हो अब पुरानै क्लब स्पेनिश रियाल मड्रिड जान सक्ने अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।
मौरिन्हो सन् २०१० देखि २०१३ सम्म रियालमै थिए । रियालले ला लिगामा राम्रो प्रदर्शन गर्न नसकिरहेका बेलामा फेरि मौरिन्होलाई भित्राउने चर्चा चलेको हो ।
रियाल क्लबको ब्यवस्थापनले अहिलेसम्म कुनै सम्झौता नगरिसकेको भए पनि सम्पर्कमा भने रहिरहेको बुझिएको छ ।
मौरिन्हो बेनेफिका जान सक्ने सम्भावनासमेत रहेको बुझिएको छ । उनी एसियन कप फुटबलको एनालिष्टका रुपमा बीइन स्पोर्टससंग जोडिएको बताइएको छ ।