arrow

महिलाको पेटबाट बच्चा निकाल्दा शरीर दुई टुक्रा, टाउको भित्रै

logo
प्रकाशित २०७५ पुष २६ बिहिबार
baby1.jpg

काठमाडौं । महिलाको प्रसव पीडालाई हटाउने क्रममा चिकित्सकले जबरजस्ती बच्चा बाहिर निकाल्न खोज्दा ठूलो दुर्घटना भएको छ । 

बच्चाको टाउको चुँडिएर पेटभित्रै अड्किएको छ । भारतको जेसलमेरको राजगढको सरकारी अस्पतालमा चिकित्सकको टोलीले प्रसवको दौरान बच्चाको खुट्टा यति जोडले तान्यो कि शरीर दुई भाग भएको छ । 

जोडले तान्दा टाउको भित्रै छुटेको छ भने बाँकी भाग बाहिर टुक्रिएर आएको छ । चिकित्सकले परिवारलाई केही नबताइ महिलालाई जोधापुर पुर्याएपछि यो घटना बाहिर आएको हो । 

घटना यस्तो छ –
तीन दिनअघि दीक्षा कंवरलाई पीडा भएपछि अस्पताल भर्ना भइन् । रामगढ अस्पतालका चिकित्सक डा निखिल शर्माका अनुसार महिलालाई डाक्टरहरुले प्रसव कक्षमा लगे । बच्चाका दुई वटा खुट्टा बाहिर आएका थिए । बच्चा मृत अवस्थामा थियो । पूरा सुविधा नभएपछि जैसलमेर रिफर गरियो । 

तर चिकित्सकले जोरजवरजस्ती बच्चाको खुट्टा तान्दा टाउको चुँडियो । यो कुरा भनिएन । 

जैसलमेरका चिकित्सक डा रविन्द्र सांखलाले बच्चाको डेलिभरी भएको तर गर्भनाल वा प्लेसेन्टा पेटभित्र छुटेको बताएका थिए । 

राति १ बजे गर्भनाल निकाल्ने प्रयास भए पनि सफल भएनन् । अर्को दिन बिहान पुनः प्रयास भयो । फेरि महिलालाई जोधपुर रिफर गरियो । त्यसपछि बच्चाको टाउको निकालियो । 

जवाहर अस्पतालकी स्त्री रोग विशेषज्ञ डा उषा दुग्गडले आफ्नो करियरमा यस्तो कहिल्यै नभएको बताइन् । बच्चा दुई टुक्रा हुनु जाँचको विषय भएको बताइएको छ । 

यति ठूलो घटना हुँदा पनि महिलाको परिवारलाई केही नबताउनु दुःखद भएको आरोप लगाइएको छ । 

बच्चाको टाउको पाएपछि परिवारले उक्त टाउको लिएर प्रहरी कार्यालयमा पुगेको थियो । पुलिसले चिकित्सकसंग सोधपुछ गर्दा घटना बाहिर आयो ।

चिकित्सकले बल्ल बाँकी शरीरको हिस्सा ल्याएर पुलिसलाई बुझाएको थियो । चिकित्सकविरुद्ध मुद्दा दर्ता गरिएको छ । (भारतीय संचारमाध्यमबाट)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ