arrow

विश्वको अनौठो यो गाउँमा बस्छन् करोडपति, प्रत्येक परिवासँग अत्यधिक सम्पत्ति

logo
प्रकाशित २०७५ पुष २६ बिहिबार
china-world.jpg

काठमाडौं । गाउँमा आर्थिक अवस्था कमजोर भएका मानिसहरु बस्छन् भन्ने धेरैको बुझाइ हुन्छ । तर संसारमा यस्तो पनि स्थान छ, जुन गाउँका मानिसहरु करोडपति छन् । यो चीनको जियांसु प्रान्तमा रहेको वाक्सी भन्ने स्थान हो । यसलाई सुपर भिलेजको नामले पनि चिनिन्छ ।

गाउँको नामको अनुसार यहाँका मानिस उच्च स्वाभिमानका साथमा जीवनयापन गर्ने गर्छन् । यो गाउँका सबै मानिसहरुको खातामा करिब २ करोड ४० लाखभन्दा बढी धनराशि जम्मा छ ।

केवल यति मात्र होइन, यहाँका प्रत्येक नागरिकको आफ्नै विलासी घर र गाडीहरु छन् । यो गाउँलाई करोडौं डलरका कम्पनीहरुको गढ मानिन्छ । जसमा स्टिल र। आपूर्तिकर्ता कम्पनीहरु सामेल छन् ।

यो गाउँको धेरैजसो घरहरु एकै प्रकारका छन् । बाहिरबाट हेर्दा यी घरहरु कुनै होटलजस्ता देखिन्छ । वाक्शीलाई विश्वको सबैभन्दा धनी गाउँ भनिन्छ । गाउँमा हेलिकोप्टर, ट्याक्सीजस्ता सुविधा रहेका छन् । यहाँका सडकहरुमा झलमल पारेर राखिन्छ ।

 

सन् २०११ मा गाउँका मानिसहरुले यो गाउँको ५० औं वर्ष मानाएका थिए । यो गाउँमा जुवा र लागूऔषधमा प्रतिबन्ध लगाइएको छ । यहाँका मानिसहरु सञ्चारमाध्यमसँग कुरा गर्दैनन् ।  

अहिले यति समृद्ध बनेको गाउँ कुनै समयमा भने निकै गरिब थियो । गाउँको विकास र सफलताको श्रेय भने कम्युनिष्ट पार्टीका स्थानीय नेता वू रेनाबोलाई जान्छ । उनको विकासको खाकाअनुसार नै गाउँ अहिलेको अवस्थामा पुगेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ