arrow

सांसद मल्लले दिए अग्निपीडितलाई १ महिनाको तलव

logo
टेकराज अवस्थी,
प्रकाशित २०७५ पुष २६ बिहिबार
K_m_aaglagi_lai.jpg

डडेल्धुरा । अमरगढी सदरमुकाम बागबजारका अग्निपीडित १६ विभिन्न पसलका घर परिवारको पुर्नस्थापना र राहत कार्यका लागि विहिवार देखि पहल सुरु भएको छ । नेपाली कांग्रेस डडेल्धुराका सभापती एवं सुदुर पश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्लले आफ्नो १ महिनाको तलव ४१ हजार नगद दिएर सहयोगको थालनी गरेका छन् ।
 
विहिवार अग्नी पिडितहरुसंगको छलफलमा सांसद मल्लले अग्निपीडित हरुको पुर्नस्थापनाका लागि सुदुरपश्चिम प्रदेशबाट तत्काल प्रति व्यवसायी १ लाख नगद र व्यापार स्थापनाका लागि उचीत स्थानका लागि सदनबाट पहल गर्ने र त्यसका लागि मुख्यमन्त्री, मन्त्री तथा अन्य सांसदहरु संग समेत छलफल गर्ने बताए ।

राहतका लागि प्रदेशमा मात्र नभई केन्द्रमा समेत पहल गर्ने उनले जानकारी दिए । नेपाली काग्रेसका पार्टि सभापती एवं पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको गृह जिल्ला भएका कारण राहतका लागि संघिय सरकारसँग पनि आवश्यक पहल गर्ने समेत मल्लले जानकारी दिए ।

गत साता लगातार भएको आगलागीका कारण ठुला साना गरी सदरमुकाम बागबजार १६ वटा खोका छाप्रा पसल सहित १ घर ध्वस्त हुँदा ढेड करोड भन्दा बढीकोे क्षती भएको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ