arrow

२०२० को ओलम्पिक स्टेडियममा ८७ प्रतिशत काठको प्रयोग

logo
प्रकाशित २०७५ पुष २६ बिहिबार
japan-stadium.jpg

काठमाडौं । सन् २०२० को जुलाईदेखि अगष्टसम्मको अवधिमा ओलम्पिक प्रतियोगिता हुन गइरहेको छ । यसका लागि जापान सरकारले कार्बन उत्सर्जन कम गर्ने दिशामा काम गरिरहेको छ । त्यसका लागि चार खर्ब ६० अर्ब रुपैयाँभन्दा बढी रकम खर्चिने तयारी जापानको छ । उक्त प्रतियोगितामा १६ प्रतिशत कम प्रदूषणको लक्ष्य आयोजकको छ । जसका लागि ८७ प्रतिशत काठको प्रयोग गरिने भएको छ । त्यसका साथै पुनः प्रयोग गर्न सकिने कुरालाई पनि प्रयोगमा ल्याइने छ ।

त्यसका साथै जापानले पुराना एसी, फ्रिज र वाटर हिटरको प्रयोग क मगर्दै कम प्रदूषण गर्ने सामान प्रयोगका लागि जोड दिएको छ । जापानका शहरको धेरै पसलहरुमा इको प्वइन्ट बनाइएको छ । जहाँ मानिसहरुले आफ्नो पुरानो सामन बदल्न सक्छन् । एक व्यापारीलाई सात किलो कार्बनइाडअक्साइड उत्सर्जन कम गरेकोमा एक येन र उपहार भौचर प्रदान गरिनेछ । एक फ्रिजले महिनामा औसत २ सय किलो कार्बनडाइअक्साइड ग्यास निकाल्ने गर्छ ।

ओलम्पिक आयोजन समितिका अनुसार खेलको क्रममा ३० लाख मेट्रिक टन कार्बनडाइअक्साइड उत्सर्जित हुनेछ । जबकी लण्डन मा भएको ओलम्पिकमा ३४ लाख ५० हजार मेट्रिक टन र रियो ओलम्पिकमा ३५ लाख ६० हजार मेट्रिक टन कार्बन उत्सर्जन भएको थियो ।
ओलम्पिकको मुख्य स्टेडियम आगामी नोभेम्बरमा तयार हुनेछ । यसको ६० प्रतिशत भाग पुनः प्रयोग गर्न सकिने सामग्रीहरुबाट निर्माण हुनेछ । स्टेडियमको सबै बत्ती सौर्य ऊर्जाबाट चल्नेछ । स्टेडियम बनाउन एक खर्ब ७६ अर्ब रुपैयाँको लागत लाग्नेछ ।

यो प्रतियोगितामा ५ हजार मेडल दिइनेछ । यी मेडलहरु विद्युतीय फोहोरहरुबाट निर्माण गरिनेछ । जसमा प्रयोग गरिएका स्मार्टफोन, डिजिटल क्यामेराबाट लिइएको छ । मानिसहरुले ८० हजार प्रयोग गरिएको मोबाइल, स्मार्टफोन र ट्याबलेट सरकारलाई बुझाएका छन् । यो प्रतियोगितामा पहिलोपटक स्चालित ट्याक्सीको प्रयोग गरिनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ