arrow

लोकसेवाको कदर गर्न आग्रह

logo
प्रकाशित २०७५ पुष २६ बिहिबार
loksewa.png.png

काठमाडौँ । हेल्थ असिस्टेन्ट सङ्घ(हान) ले शैक्षिक योग्यता र लोकसेवा प्रक्रियाको कदर गर्न सरकारलाई आग्रह गरेको छ । सङ्घले आज गरेको दबाबमूलक कार्यक्रममा हानले नयाँ संरचनामा शैक्षिक योग्यता र लोकसेवाको प्रक्रियाका आधारमा कर्मचारीको पद र जिम्मेवारी तोकिनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएको हो ।

स्वास्थ्यमा गुणस्तरीयता कायम गर्नुपर्ने, शैक्षिक योग्यताको कदर गनिुपर्ने, स्वास्थ्य क्षेत्रमा विधिको शासन कायम गर्नुपर्ने, कर्मचारी सरुवा बढुवा हुँदा आर्थिक चलखेल विषयको अन्त्य गरिनुपर्ने जस्ता माग गरेको हानले जनाएको छ ।

हानका उपाध्यक्ष प्रकाश परियारले भन्नुभयो, “नयाँ सङ्गठन संरचना विभेदकारी भएको भन्दै हामीले पटकपटक सुझावसहितको ज्ञापनपत्र बुझाउँदा सुनुवाइ नभएछि यस्ता कार्यक्रम गर्नुपरेको हो ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ