arrow

उद्योग वाणिज्य संघ इश्वरपुरका अध्यक्ष मैनालीको मोटरसाइकल दुर्घटनामा मृत्यु

logo
प्रकाशित २०७५ पुष २६ बिहिबार

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–६ स्थित फूटबल चौर अगाडि पूर्वपश्चिम राजमार्गमा बिहिवार साँझ मोटरसाइकल ठेलासँग ठोक्किँदा मोटरसाइकल चालक कुशहरी मैनालीको मृत्यु भएको छ । 

दुर्घटनामा ना २४ प ५७६९ नं को मोटरसाइकल दुर्घटनामा सर्लाहीको घुर्कौली घर भएका ५२ वर्षका कुशहरी मैनालीको ज्यान गएको प्रहरीले जनाएको छ । 

मैनालीलाई घटना हुने बित्तिकै गढीमाइ अस्पताल ल्याएपनि मृत्यु भएको थियो। मैनाली उद्योग बाणिज्य संघ इश्वपुरका अध्यक्ष तथा मैनाली समाज सर्लाहीको उपाध्यक्ष हुन। मैनाली बिगत लामो समयबाट नेपाली कांग्रेसको राजनीतिमा थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ