arrow

करणी आरोपमा रोनाल्डोको डीएनए परीक्षण

logo
प्रकाशित २०७५ पुष २७ शुक्रबार
ronaldo-Ret.jpg.jpeg

काठमाडौं । चर्चित पोर्चुगिच फुटबल स्टार क्रिस्टियानो रोनाल्डोको डीएनए परीक्षण हुने भएको छ । अमेरिकामा एक महिलालाई बलात्कार गरेको आरोप लागेका इटालियन क्लब युभेन्टसका खेलाडी रोनाल्डोको डीएनए परीक्षणबाटै उनी बलात्कारी भए नभएको छुट्टिने छ । 

लस भेगासको प्रहरीले बलात्कार आरोपको सत्य तथ्य पत्ता लगाउन रोनाल्डोको डीएनएको नमुना प्ररीक्षण गरिने जनाएको हो ।

रोनाल्डोका वकिल पिटर क्रिस्टियनसेनले डीएनएको नमुना परीक्षणका लागि प्रहरीले आग्रह गरेको बताएका छन् ।

Kathryn Mayorga, right, pictured in 2014 while working as a brand ambassador for Levendi at the Las Vegas Food and Wine Festival

अमेरिकी नागरिक क्याथ्रीन मेयार्गाले सन् २००९ मा रोनाल्डोले आफुमाथि बलात्कार गरेको आरोप लगाएकी थिइन् । तर रोनाल्डोले त्यसलाई नकार्दै आएका छन् ।

तस्वीरमा सन् २००९ को १२ जुनमा भएको उक्त घटना नै रोनाल्डोलाई अप्ठेरोमा पार्न पर्याप्त बनेको छ । क्याथ्रीनको कपडामा लत्पतिएको तत्वसंग रोनाल्डोको डीएनए मिल्छ कि मिल्दैन भनेर परीक्षण हुन लागेको हो । 

The night before: Cristiano Ronaldo pictured with accuser Kathryn Mayorga in Rain Nightclub in Las Vegas on June 12,  2009 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ