arrow

मर्रेको सन्यास ? रुँदै भने....

logo
प्रकाशित २०७५ पुष २७ शुक्रबार
murry.jpg

काठमाडौं । ब्रिटिश नम्बर एक टेनिस खेलाडी एन्डी मर्रेले टेनिस खेल जीवनबाट सन्यास लिने भएका छन् । हिप इन्जुरीको कारण पीडा खेपिरहेका मर्रेले यस्तो अवस्थामा अब खेल्न नसक्ने सुनाउँदै रोएका छन् । 

The Scot broke down in tears during his press conference as he announced his decision 

स्कटिश खेलाडी मर्रेले विम्बल्डन टेनिसपछि खेल जीवनबाट सन्यास लिने घोषणा गरेका हुन् । उनले विम्बल्डन दुई पटक जितेका थिए ।  

The former World No 1 has been struggling with his injury for more than eighteen months 

अष्ट्रेलिया ओपन खेल्न मेलबर्न पुगेका ३१ बर्षिय मर्रेले पत्रकार सम्मेलन गर्दै इन्जुरीको कारण सन्यासको सोच बनाएको बताए । मर्रेले अष्ट्रेलिया ओपन अन्तिम खेल हुने संकेत गरेका छन् ।

The 31-year-old will still play in the Australian Open, where he faces Roberto Bautista Agut

उनले निकै भावुक हुँदै भने –‘म पक्का छैन यो दुखाईबीच म अर्को ४–५ महिना खेल्नेछु । म विम्बल्डन जान चाहन्छु  । तर, निश्चित छैन कि म यो गर्न सक्छु ।’

Murray wants to finish his career at Wimbledon this year, but admits his fitness may stop that 

सन् १९८७ को मे १५ मा जन्मिएका मर्रे पूर्व विश्व नम्बर १ खेलाडी हुन् । ६ फिट ३ इन्च अग्ला मर्रेले २ विम्बल्डन र १ युए ओपन गरी तीन वटा ग्रान्डस्लाम जितेका छन् । 

 Murray is a two-time Wimbledon winner, a US Open winner and a former World No 1 

करियरमा ६६३ खेल जित्ने क्रममा उनले ४५ वटा उपाधि जितेका छन् । डेढ वर्षदेखि इन्जुरीले संघर्षरत मर्रेको अहिलेको वरियता २३० हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ