arrow

विपन्न दुई सय पाँच बालबालिकालाई न्यानो लुगा बितरण 

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७५ पुष २७ शुक्रबार
sahayog4.jpg

पुनर्वास । अमेरिका प्रवासमा रहेका कञ्चनपुर र लमजुङका ७ युवाहरुको आर्थिक सहायतामा पश्चिम नेपालको पुनर्वासका १८ विद्यालयका विद्यार्थीहरुलाई न्यानो लुगा बितरण गरिएको छ । 

रोजगारीको शिलशिलामा अमेरिका प्रवासमा रहेका कञ्चनपुरको पुनर्वासका शिव बिष्ट, सरस्वती शर्मा, होमनाथ ढकाल बाबुराम पन्थी, सर्वज्ञ वाग्ले, खडानन्द रेग्मी र लमजुङका सोमप्रसाद भट्टले बिपन्न समुदायका विद्यार्थीहरुका निम्ति न्यानो लुगाका लागि आर्थिक सहायता जुटाईदिएपछि २०५ जना विपन्न समुदायका बालबालिकालाई स्वीटर बितरण गरिएको हो । 

प्रवासमा रहेका नेपाली युवाहरुले जुटाईदिएको आर्थिक सहायताबाट बिपन्न बालबालिकाहरुलाई न्यानो लुगा बितरणको संयोजन पुनर्वास स्थित ग्रामिण जागरण बिकास मंचले गरेको थियो । 

पुनर्वासका बिपन्न बालबालिकाका लागि न्यानो लुगा खरिद गर्न सात जना प्रवासी युवाहरुले ७७ हजार सहायता गरेको ग्रामिण जागरण बिकास मंचका अध्यक्ष राजेन्द्रसिह धामीले बताए । 

कञ्चपुरको पुनर्वासका बिपन्न बालबालिकाहरुको न्यानो लुगाका लागि साहायता गर्ने प्रवासी युवाहरुका अभिभावकहरुलाई सम्मान गरिएको थियो । संस्थाले दाता शिव बिष्टका बुबाआमा बिश्वनाथ बिष्ट र बिष्णुमाया, सरस्वती शर्माका बाबुआमा ज्ञानेन्द्र शर्मा र धनमाया शर्मा , बाबुराम पन्थीका आमा कमला पन्थी र खडानन्द रेग्मीका दाजु धनीराम रेग्मीलाई सम्मान गरेको हो । 

पुनर्वास नगरपालिकाका प्रमुख जीवनराज थापा प्रमुख अतिथी र उपमेयर शारदा बिष्ट धामी बिशिस्ट अतिथी रहेको कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष राजेन्द्रसिह धामी र संचालक रुपेश खरेल रहेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ