arrow

राष्ट्रिय आपतकाल घोषणा गर्ने ट्रम्पको चेतावनी

logo
प्रकाशित २०७५ पुष २७ शुक्रबार
trump11.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः राष्ट्रिय आपतकाल घोषणा गर्ने चेतावनी दिएका छन् । आफ्नो पूर्वप्रतिवद्धता अनुसार मेक्सिकोको सीमामा पर्खाल लगाउन अमेरिकी कंग्रेसले बजेट विनियोजन नगरेपछि उनले यस्तो चेतावनी दिएका हुन् । 

उनले आफ्नो लामो समयदेखिको प्रतिबद्धताको सूचीमा रहेको मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल बनाउनका लागि सरकारी कोषबाट बजेटको व्यवस्था गर्न कंग्रेस तयार नभए राष्ट्रिय आपतकालको घोषणा गरी सीमामा पर्खाल लगाउने बताएका हुन् ।

ट्रम्पले संघीय सरकारको कार्यसञ्चालन बजेटमा ५ अर्ब ७ करोड अमेरिकी डलर सीमा पर्खालका लागि व्यवस्था गरिनुपर्ने अडान लिएका छन् ।

Donald Trump speaks in front of displays of weapons, cash and drugs during a roundtable discussion at the US Border Patrol Station near the US-Mexico border in McAllen, Texas, 10 January 2019

सीमा क्षेत्रको भ्रमणमा रहेका राष्ट्रपति ट्रम्पले सीमा पर्खालका लागि मेक्सिकोले पनि रकम तिर्नुपर्ने अप्रत्यक्ष रुपमा बताएका छन् । तर राष्ट्रपतिले माग गरेको बजेट दिन डेमोक्रेटिक पार्टी तयार भएको छैन । 

यसले गर्दा संघीय सरकारको कार्यसञ्चालन बजेटसम्बन्धी विधेयक अड्किएको छ र संघीय सरकारका आंशिक कार्यालयको काम विगत २० दिनदेखि ठप्प छन् ।

ट्रम्पको अनावश्यक अडानले मुलुक नै संकटमा पर्ने आरोप डेमोक्रयाट नेताहरुले लगाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ