arrow

दोस्रो रामपुर महोत्सव सुरु, डेढ लाख दर्शक

logo
सीता डोटेल, 
प्रकाशित २०७५ पुष २७ शुक्रबार
rampurmahotsav.jpg

पाल्पा । पाल्पाको रामपुरमा शुक्रबारदेखि दोस्रो रामपुर महोत्सव सुरु भएको छ । १२ दिनसम्म चल्ने महोत्सव तथा व्यापार मेला २०७५ को श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले उद्घाटन गर्दैछन् । रामपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा हुने महोत्सवको लागि रामपुरको बेझाड बजार अहिले बेहुली झै सिंगारिएको छ । 

सरसफाइका क्रममा बाटोमा पानी हालेपछि बिहीबार हिलाम्मे भए पनि शुक्रबार आकर्षक बनेको छ । महोत्सव स्थलका स्टल पनि सामानले भरिएका छन् । विभिन्न ठाउँ ठाउँमा ध्वजा, पताका, स्वागत गेटले महोत्सवको थप रौनकता बढाएको छ । 

संघको भवन निर्माणमा आर्थिक सहयोग संकलन गर्ने र कालीगण्डकी उपत्यकाको पहिचानको उद्धेश्य बोकेर मेला आयोजना गरिएको हो ।

मेलामा रामपुर लगायत कालीगण्डकी वेशी क्षेत्रका पर्यटकिय क्षेत्रको प्रचार प्रसार, स्थानीय उत्पादन, कृषि, घरेलु उत्पादनलाई प्राथमिकता दिने मूल आयोजक समितिका संयोजक एवम् उद्योग वाणिज्य संघ रामपुरका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले जानकारी दिए ।

मेलाका अवधिभर राम्दीदेखि केलादीधाम र केलादीधाम देखि पुट्टारघाटसम्म कालीगण्डकीमा जलयात्रा, रामपुर्वआसपासका पर्यटकिय, धार्मिक तथा ऐतिहासिक क्षेत्रको हेलिकप्टरबाट अवलोकन गर्ने व्यवस्था, प्याराग्लाईडिङ् उडान मेलाका मुख्य आकर्षका रुपमा रहेको छ।

मेला अवधिभर १ लाख ५० हजार दर्शकले मेला अबलोकन गर्ने र ८ देखि १० करोड बराबरको कारोबार गर्ने संघको लक्ष्य छ। मेला आउँदो माघ ८ गतेसम्म चल्नेछ । मेलामा दैनिक राष्ट्रिय कलाकारको प्रस्तुतिसंगै दोस्रो रामपुर डान्स आइडल, भारतका ४ र पुलिस, शसस्त्र, सैनिक सहभागी हुने इन्डो भलिवल प्रतियोगीता सहित डवल्स व्याडमिन्टन प्रतियोगीता राखिएको छ।

मेलामा स्थानीय मगरी, नेवारी, दरै समुदायको मौलिकपन झल्कने खाना,खाजा तथा स्टल रहने संघका महासचिव तथा सास्कृतिक संयोजक पुरुषोत्तम केसीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ